सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टीलाई ४१० मतको अग्रता
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आईतवार विहान ९ः१५ बजेसम्म प्रतिनिधीसभातर्फको ६२ हजार ४ सय ४८ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १३११७ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १२७०७ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले १०११६ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६७४९ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ६०२२, लाउड स्पीकरले २२३, ढाका टोपीले १४६, कुखुराको भालेले १३९, दाप सहितको खुकुरीले ५८२, ताराले २३१, पानीको फिल्टरले १५७, घन्टाघर(कुमार कार्की)ले १६३२, क्रस खुकुरीले २३४, चापाकलले १११, तिलहरी ४२, पानीको जारले ३६७३, सुर्यमुखी फुलले १६३६, पुतली ४९, छत्रेटोपी १२६ र सेलरोटीले ३४७ मत ल्याएका छन्।
Pingback: บาคาร่าเกาหลี
Pingback: เน็ตบ้าน ais
Pingback: เซ็กทอย
Pingback: Alexander Debelov
Pingback: ขายเหล็ก