सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभातर्फ घण्टी बज्न थाल्योः सरिनलाई अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज बुधवार राति ७ः४५ बजेसम्म १९ हजार ६ सय ९३ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी का सरिन (गोमा)तामाङले अग्रता लिएका छन्। उनले ३६८७ मत ल्याउदा नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ३६०० मत पाएका छन्।यसैगरी जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ३३७५ मत ल्याएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले २५४२ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले १९५१, लाउड स्पीकरले ७०, ढाका टोपीले २३, कुखुराको भालेले ४३, दाप सहितको खुकुरीले १३७, ताराले ८०, पानीको फिल्टरले ४९, घन्टाघर(कुमार कार्की)ले ३९८, क्रस खुकुरीले ६३, चापाकलले ३६, तिलहरी १२, पानीको जारले ७१७, सुर्यमुखी फुलले १३४५, पुतली २३, छत्रेटोपी २१ र सेलरोटीले ५२ मत ल्याएका छन्।

One thought on “सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभातर्फ घण्टी बज्न थाल्योः सरिनलाई अग्रता

टिप्पणीहरू are closed.