वीर गोर्खा पत्रकारिता पुरस्कारबाट सुनसरीका ३ पत्रकार पुरस्कृत (भिडीयो सहित)

दिव्य रोशनी(धरान)/ वीर गोर्खा पत्रकारिता पुरस्कारबाट सुनसरीका ३ पत्रकार पुरस्कृत भएका छन्।
बुधवार धरानमा आयोजित एक कार्यक्रम माझ वीर गोर्खा पत्रकारिता पुरस्कारबाट सुनसरीका तिन जना पत्रकारहरु पुरस्कृत भएका हुन्। धरान १८ स्थित गोर्खा कम्पनि ट्रेनिङ सेन्टरले गोर्खा भर्तीमा हुने गरेका अनियमितता विरुद्ध कलम चलाउने पत्रकारहरूलाई गतवर्षदेखी पुरस्कृत गर्दै आएकोमा यसवर्षपनि त्यसैलाई निरन्तरता दिएको हो।


पुरस्कृत हुने पत्रकारहरुमा धरानकी निलिफा सुब्बा, ईटहरीका अर्जुन सुबेदी र धरानका पारस चाम्लिङ राई रहेका छन् ।जसमा पत्रकारद्धय सुब्बा र सुबेदीलाई वीर गोर्खा पत्रकारिता पुरस्कारद्धारा जनही नगद २५/२५ हजार सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको थियोभने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारबाट पारस चाम्लिङ राईलाई नगद २० हजार सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको थियो। पुरस्कृत पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा ब्रिटिस गोर्खा वेलफेयर अफिस धरानका सिनियर एरिया अफिसर क्यापटेन पुर्ण प्रसाद लिम्बुले पुरस्कृत गरेका थिए। यसैगरी कार्यक्रममा गोर्खा कम्पनि ट्रेनिङ सेन्टर प्रालि. बाट बर्ष २०७९ मा तालिम गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पु¥याएको योगदान एवं गोर्खा भर्तीमा हुने गरेका अनियमितता विरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान स्वरूप पुरस्कृत गरिएको सेन्टरका प्रबन्ध निर्देशक प्रेम मुकारुङ राईले बताए। कार्यक्रममा प्रमुख अतिथी ब्रिटिस गोर्खा वेलफेयर अफिस धरानका सिनियर एरिया अफिसर क्यापटेन पुर्ण प्रसाद लिम्बु, पुरस्कार छनौट समितीका सदस्य तथा अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई लगायतले बोलेका थिए।
गतवर्ष सेन्टरले धरानका अग्रज पत्रकार हर्ष सुब्बा, मनिता चाम्लिङ र संजीत धमलालाई पुरस्कृत गरेको थियो।