बुधबार ३०७५ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)÷नेपालमा बुधवार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१ पिसीआर परिक्षण गर्दा २ हजार ४ सय ४८ जना र ३ हजार ९ सय ८५ एन्टिजेन परिक्षणबाट गर्दा ६ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ७८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १५ हजार ७६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।