सोमबार ४१६ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ पिसीआर परिक्षण गर्दा ३ सय ६७ जना र ४ हजार ८ सय ४८ एन्टिजेन परिक्षणबाट गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ७० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ९८ हजार ५ सय ४४ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ११ रहेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४ सय ७८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।