सरकारले अध्यादेश मार्फत ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

दिव्य रोशनी/ सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छ।
आज शनिवार अर्थमन्त्री विष्णु प्रसाद खतिवडाले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेका छन्। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।
यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।
आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ ।
राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने पौडेलले बजेट भाषणका क्रममा बताए।
पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमाः
यसैगरी सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको जनाएको छ।आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले जानकारी दिए।
सामाजिक सुरक्षाभत्ता बढ्योः
अर्थमन्त्रि पौडेलले बजेट भाषणका क्रममा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको बताउका छन् । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।वृद्धि गरिएको सामाजिक सुरक्षा भत्ता आगामी १ साउनबाट कार्यान्वयनमा आउने छ ।
तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१÷५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति सुरु गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ थियो ।
२०७४ को आम चुनाव अगाडि वाम गठबन्धनले ५ हजार पु¥याउने उल्लेख गरेको थियो भने नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ मा झार्ने प्रस्ताव गरेको थियो । तर उमेर घटाउने निर्णय कार्यान्वयनमा भने आएन। प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक रुपमा बृद्धभत्ता बढ्ने घोषणा गरेपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा वृद्धभत्ता एक हजार बढाएर ३ हजार पु¥याएका थिए ।
कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोडः
यसैगरी अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यस्तै कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई दिइँदै आइएको जोखिम भत्ता संक्रमण कायम रहेको अवधिसम्मलाई निरन्तरता दिइएको छ।
त्यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भएको छ। साथै कोभिड–१९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने विजुलि महशुलमा ५० प्रतिशत छुट दिइने पनि जनाइएको छ। सरकारले कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट दिने जनाएको छ।
निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुटको योजनाः
यसैगरी सरकारले कोरोनाका कारण लागाइएको निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुटको योजना ल्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको बताए ।त्यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए । त्यस्तै सरकारले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने भएको छभने सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरेको समेत जनाएको छ।

776 thoughts on “सरकारले अध्यादेश मार्फत ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *