धरानकी उपप्रमुखलाई कोरोना पोजेटिभ
सुनसरी । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीमा कोरोना पोजेटिभ देखिएको छ । आफ्नो एन्टीजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उपमेयर भण्डारीले बताएकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै भण्डारीले आफु कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन् । साथै उनले केहिदिन देखि आफुसँग सम्पर्कमा रहनेलाई पनि सतर्क रहन आग्रह गरेकी छन् ।
दिव्य रोशनी अनलाईनसँग कुरा गर्दै उपमेयर भण्डारीले एन्टीजेनमा पोजेटिभ देखिएको र पिसिआरको रिपोर्ट आउन बाँकी रहेको बताइन् । भण्डारीले कोरोनाको अन्य लक्षण नदेखिए पनि जिउ चाहीँ दुखिरहेको बताइन् ।
यसैगरी धरान नगर प्रमुख तिलक राईका प्रेस सल्लाहकार पारस राईलाई पनि काेराेना पाेजेटिभ भएकाे छ । उनकाे धरान पुरानाे अस्पतालमा स्वाब परीक्षण गर्दा पाेजेटिभ देखिएकाे हाे । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
कोरोनाको दोश्रो भेरियन्टसँगै सुनसरीको धरान हट स्पट बन्दै गएको छ । यसअघि गतवर्ष पनि धरानमा अधिक कोरोना संक्रमित थिए ।
टिप्पणीहरू are closed.