श्रम संस्कृति स्तम्भको अनावरण
दिव्य रोशनी (धरान)/ धरानको श्रम संस्कृति पार्कमा रहेको श्रम संस्कृति स्तम्भको अनावरण गरिएको छ।
मंगलवार एक समारोहका बीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कृतिको स्तम्भको अनावरण गरेका छन्। तीन खम्बा माथि पृथ्वीको ग्लोब भएको श्रमसंस्कृति स्तम्भको मेयर साम्पाङले अनावरण गरेका थिए। कार्यक्रममा मेयर साम्पाङले संसारको विकास प्रकृति, प्रविधी र संस्कतिको ३ आधारले विकास भएको बताए। मेयर साम्पाङले मानव शरीर प्रकृति भएसंँगै जातीले संस्कृति र दुईको सोंच विचारलाई प्रयोग गरिने नै विधि नै प्रविधी भएकोले प्रकृति र संस्कृतिलाई सन्तुलित बनाउन नै प्रविधीको विकास भएको बताए। आम मानिसलाई प्रकृति, प्रविधी र संस्कृति देखाउनका लागी पनि यो स्तम्भको निर्माण गरिएको उनले जानकारी दिए।
मेयर साम्पाङका अनुसार प्रकृति, प्रविधी र संस्कृतिको विकास देखाउन स्तम्भको एउटा खम्बा प्रकृतिको रुपमा हरियो, संस्कृतिको रुपमा पहेलो र प्रविधीको रुपमा निलो रंग राखिएको छ। यसैगरी श्रम संस्कृतिको विकासका लागी हर्कवाद पनि राखिएको छ। अहिले बजारमा श्रमभन्दा पनि भ्रम भन्ने हल्ला फिजिएको बताउँदै मेयर साम्पाङले श्रम भनेको बाँच्नका लागी (पेटका लागी) गरिने होभने श्रमदान भनेको देशका लागी गरिने श्रम भएको बताए। उनले श्रमदान अनिवार्य गर्यौभने मात्र उत्पादन हुने र विकास निर्माण भई समृद्धि हुने उनको तर्क थियो। उनले भने “प्रकृति, प्रविधी र संस्कृति बिना मान्छेको जिवन पूर्ण छैन,बुझे बुझ्नु, नबुझे नबुझ्नु, मेरो भन्नु यति नै हो। कुरा बुझेर मात्र हुँदैन काम पनि गर्नुपर्छ। श्रम गरौ नेपालीको सरम गर्नुपर्ने दिन आईसक्यो।”
सोहिक्रममा मेयर साम्पाङले आफुलाई ठुलो नेता भनेर सम्झिनु नहुने बताए। भाषण गर्दैमा ठुलो नेता नहुने बताउँदै उनले नेता बन्नेहो भने जिम्मेवारी बहन गर्नुपर्ने जसका लागी श्रम गर्नुपर्ने बताए।
एसएनएस चौतारीमा रहेको यस स्तम्भ मेयर साम्पाङको परिकल्पना निर्माण गरिएको मूर्तिकार रोजन राईले बताए। उनले यो स्तम्भ पितलबाट बनाईएकाले जोकोहीले सामान्यतया ह्याम्मरले पनि फुटाउन नसकिने बताए। उनका अनुसार यस स्तम्भले मेयर साम्पाङले गरेको कामलाई पुष्टि गर्दछ। यस स्तम्भमा रहेको गोलो पृथ्वीको तौलमात्रै २० केजी रहेको छ। जसलाई प्रकृति, प्रविधी र संस्कृतियुक्त तीनखम्बाले अड्याएर राखेको छ। यसको आयु ५ सय वर्षसम्म रहेको मूर्तिकार रोजन राईको भनाई छ।
स्तम्भको निर्माणका लागी युकेमा रहेका ५ जना दाताहरुले ९ लाख रुपैयाँ सहयोग गरेका थिए। कार्यक्रममा दाताहरुलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)