मिसेस स्टेट १ सिजन ३ को उपाधी अन्जु गुरुङलाई

दिव्य रोशनी(धरान)/ मिसेस स्टेट १ सिजन ३ को उपाधी अन्जु गुरुङले जितेकि छिन्।
वुमन्स वर्थ गु्रप (डब्लु डब्लु जि) द्वारा बिहिवार आयोजित ग्राण्ड फिनालेमा १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अन्जु गुरुङले मिसेस स्टेट १ सिजन थ्री को उपाधी जितेकि हुन्। उनले उपाधि सँंगै मिसेस ब्युटिफुल र वेस्ट स्माइल टाइटल अवार्ड समेत हात पारिन्। बिजेता अन्जुले क्राउन संगै नगद ५१ हजार रुपैयाँ, ट्रफि, गिफ्ट ह्याम्पर र एक वर्षको सुर्य ज्योति लाइफ इन्सुरेन्स प्राप्त गरेकि छिन् । उनलाई मिसेस स्टेट सिजन– २ का बिजेता पुष्पा फोम्बो र मुख्य निर्णायक पुर्व मिस नेपाल उषा खड्कीले ताज पहराई दिएका थिए।
यसैगरी प्रतियोगितामा ममता साह फस्ट रनरअप घोषित भए। उनले क्राउन सहित नगद २५ हजार, ट्रफि र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे। त्यस्तै प्रतियोगितामा सुनिता श्रेष्ठ (आचार्य) सेकेन्ड रनरअप घोषित भइन्। उनले क्राउनसँगै नगद १५ हजार, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी एसएसपी भिम दाहाल, कार्यक्रमका सभाध्यक्ष डब्लु डब्लु जिका अध्यक्ष सुजता श्रोष्ठ, उपाध्यक्ष हरि मादेन, सचिव ज्योति राई, सहसचिव छाया श्रोष्ठ, कोषाध्यक्ष रोजी ताम्रकार, सदस्य बिनिता आचार्य, कोरियोग्राफर डिजे ललित राई, पुर्व मिसेस स्टेट सेकेन्ड रनरअप रोशनी राई, निरा शंकर लगायतले पुरस्कार वितरण गरेका थिए।


धरान १६ स्थित गुरुङ बिबिक्यु नयाँ पार्टि प्यालेसमा सम्पन्न मिसेस स्टेट १ सिजन ३ को टाइटल अवार्डमा वेस्ट ट्यालेन्ट मिना गुरुङ, मिसेस पर्सनालिटि पुजा गच्छेदार, मिसेस फोटोजनिक ममता साह, मिसेस फ्रेन्डसिप सृष्टि राई, वेस्ट वक रिङ्की शाह गुप्ता, मिसेस एक्टिभ अस्मिता भुजेल, मिसेस पब्लिक च्योइस सृष्टि राई, मिसेस डिसिप्लिन राधा राई र मिसेस इन्स्पीरेसन अवार्ड सुनिता श्रोष्ठले जितेकि छिन्। टाइटल अवार्ड बिजेताले ट्रफि संँगै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए।
आयोजक वुमन्स वर्थ ग्रुप विवाहित महिलाहरुको समुहले स्थापना गरेको संस्था हो। आयोजकका अनुसार विशेष गरेर विवाहित महिलाहरुको व्यक्तित्व विकाश तथा उनीहरुमा भएको क्षमता उजागार गर्नका लागि मिसेस स्टेट प्रतियोगितात्मक कार्यक्रमको सुरुवात गरिएको हो। मिसेस स्टेटका सहभागिहरुको शारिरीक तथा मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि गत वैशाख २४ गते देखि सम्बन्धित विषयका विज्ञाहरुद्वारा प्रशिक्षण दिईएको थियो।
मिसेस स्टेट सिजन ३ को मूख्य निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गि सँंगै लेखक तथा अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, विपि कोइराला स्वास्थ्य विज्ञाान प्रतिष्ठान धरानका टिएनटि विभाग प्रमुख संगिता भण्डारी, लायन्स इन्टरनेसनल ३२५ सि डिस्ट्रिक गर्भनर विकास अधिकारी, र नेपाल उद्योग परिषद, कोशी प्रदेशका उपाध्यक्ष गरिजा सारडा निर्णायकको रुपमा रहेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)