अमर बचतको ३ करोड बढीको कारोबारः शेयर सदस्यहरुलाई ७५ प्रतिशत बोनस
दिव्य रोशनी(धरान)/ धरान १३ स्थित अमर बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिकवर्ष ०८०/८१ मा ३ करोड ३९ लाखको कारोवार गरेको छ ।
शनिवार संस्थाको भवनमा आयोजित १३ औं बार्षिक साधारण सभामा अध्यक्ष भुमीराज पेहिम लिम्वुले आर्थिक प्रगती विवरण प्रस्तुत गर्दै आर्थिकवर्ष ०८०/०८१ मा ३ करोड ३९ लाखको कारोवार गरी ७ लाख मुनाफा कमाएको बताए। उनले सोही मुनाफाबाट सदस्यहरुलाई ७५ बोनस प्रदान गरिएको समेत जानकारी दिएका थिए।
यसैगरी कार्यक्रममा संस्थाले आाव ८०/८१ मा उत्कृष्ट कारोवार गर्ने शेयर तर्फ निला लामा, उत्कृष्ट बचतकर्ता तिलक बहादुर बयलकोटी, उत्कृष्ट ऋण कारोवार सान माया राई, उत्कृष्ट बजार प्रतिनिधि विन्दु राईलाई समेत नगद २ हजार सहित कदर पत्रले सम्मान गरेको थियो। कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिका १३ नं वडाका वडाअध्यक्ष नेत्र प्रसाद काफ्लेले संस्थाले गरेको प्रगतीको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सचेत रहेर लगानी गर्न शेयर सदस्यहरुलाई सुझाव दिएका थिए।
सोही अवसरमा सम्पन्न संस्थाको चौथो अधिवेशनले सर्वसम्मत रुपमा पुनः अध्यक्षमा भुमी राज पेहिम लिम्बूलाई चुनेको छ। यसैगरी संस्थाको उपाध्यक्षमा भुवन राई रहेका छनभने सदस्यहरुमा गणेश वहादुर खड्का, मणि राई, देऊ कुमार राई, सरोज श्रेष्ठ, चन्द्रिका लिम्बू, कमला श्रेष्ठ र धन कुमारी श्रेष्ठलाई पनि चयन गरेको छ। त्यस्तै संस्थाको लेखा समिति संयोजकमा ज्योती शाही, सदस्य गोपाल श्रेष्ठ र प्रतिमा क्षेत्रीलाई पनि सर्वसम्मत रुपमा चुनेका थिए।
यसअघि निर्वाचन समितिका संयोजक कृष्ण कुमार लावतीको संयोजकत्वमा गठित ३ सदस्य महन्त राई ,सदस्य महेन्द्र प्रधान रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमितिको लागि उम्मेद्वारी मनोनयन पत्र आब्हान गरेका थिए।
कार्यक्रममा महन्त राई , कमल वहादुर राई, कृष्ण लावती ,अच्युत पराजुली ,प्रेमलिम्बू , बचरि कटेल ,प्रतिमा क्षेत्री निर्मला तिम्सिना रहेका थिए। सो कार्यक्रमलाई संस्थाका सदस्य गोपाल प्रयासले संचालन गरेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)