पूर्वाञ्चलमै पहिलो पटक धरानमा फोर डी अल्ट्रासाउण्ड संचालन

दिव्य रोशनी (धरान)/ पूर्वाञ्चलमै पहिलो पटक धरानमा फोर डी अल्ट्रासाउण्ड (भिडियो एक्सरे) संचालनमा आएको छ।
बिर्तामोड डाइग्नोस्टिक एण्ड पोली क्लिनिकले संचालनमा ल्याएको अत्याधुनिक फोर डी अल्ट्रासाउण्डको आईतवार एक कार्यक्रम बिच उद्धघाटन गरिएको छ। विपी प्रतिष्ठान धरानको गेट अगाडी पोली क्लिनिकमा रहेको फोर डी अल्ट्रासाउण्डको उद्धघाटन महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शीला बज्राचार्यले गरेकि थिईन्। उनिले फोर डी अल्ट्रासाउण्डको सेवा लिन राजधानी अर्थात भारतको सिलगुडी धाउनुपर्ने बाध्यता अब टरेको बताईन्। गरिब तथा असाहय महिलाहरुको लागी विशेष छुटको व्यवस्था गरिदिनपनि उनीले संस्था प्रति आग्रह गरिन्।


यसैगरी क्लिनिकका सञ्चालक नरेन्द्र देवले ८० लाखको लागतमा उक्त फोरडी अल्ट्रासाउण्ड पुर्वाञ्चलमै पहिलो पटक धरानमा सञ्चालनमा ल्याएको बताए। उनले विशेष गरी गर्भवती महिलाहरुको लागी भिडियो एक्सरे र ब्रेष्टको स्क्यानिङ (मेमो ग्राफि), ईको कार्डियोग्राफी, टिभिएस पनि गर्न सकिने बताए। साथै विपन्न महिलाहरुको लागीपनि विशेष छुटको व्यवस्था रहेको पनि उनको भनाई छ।
त्यस्तै विपी प्रतिष्ठानका पूर्व एसिस्टेन्ट प्रोफ्रेसर डा. विकास कुमार गुप्ताले धराने जनतालाई फोर डी सेवा दिने उदेश्यले पूर्वाञ्चलमा नै पहिलो पटक बिर्तामोड डाइग्नोस्टिक एण्ड पोली क्लिनिकले सेवा शुरु गरेको बताए।