मिस्टर नेपाल फष्ट रनरअप प्रधानलाई धरानमा सम्मान

दिव्य रोशनी(धरान)/ मिस्टर नेपाल वल्र्ड २०२४ का फष्ट रनरअप आदेश प्रधानलाई धरानका मेयर हर्कराज साम्पाङ राईले सम्मान गरेका छन्।
धरानको प्रतिनिधित्व गर्दै मिस्टर नेपाल २०२४ मा फष्ट रनरअप हुन सफल भएका प्रधानलाई शुक्रवार मेयर साम्पाङले सम्मान गरेका हुन्। होप धरानको आयोजनामा मेयर साम्पाङको कार्यकक्षमा भएको कार्यक्रममा मेयर साम्पाङले बधाई दिएका थिए। उनले आफ्नो करियरलाई अगाडी बढाउँदै धरानको नामलाई उँचो राख्न शुभकामना दिए। उनले भने “यसरी नै राष्ट्रिय अन्तर्राष्ट्रिय उपाधी प्राप्त होस् भन्न चाहन्छु।”


सोहीक्रममा मेयर साम्पाङले समाजसेवामा अग्रणी भूमिका खेल्दै आएको होप धरानले प्रतिभावान युवाहरुलाई खोजीगरी हौसला प्रदान गर्न आयोजना गरेको सम्मानले युवाहरुमा जोश र जाँगर पलाउने बताए। साथै होप धरानले गर्दै आएको सामाजिक कार्यको मुल्यांकन सदैव सबैले कदर गर्नुपर्ने समेत बताए।“हामी सबैले देश मिलेर बनाउने हो” भन्दै मेयर साम्पाङले पार्टी, जाती र धर्मले जनताहरुमा फाटो ल्याएकाले हामी मिल्नुपर्छ भन्ने जनतामा भावना जागत हुनुपर्ने बताए।
फष्ट रनरअप बिजेता प्रधानले मेयर साम्पाङबाट आफु सम्मानित हुन पाउँदा गर्वको अनुभव भएको बताए।उनले मोडलहरुबाट मात्र मिस्टर नेपाल छानिने भन्ने आफ्नो भ्रम हटेको बताउँदै जो कोही युवाहरुमा प्रतिभा भए मिस्टर नेपालमा भिड्न सकिने बताए।
मिस्टर नेपालमा भिड्न उनका ममीले सँधै ईन्करेज गर्ने गरेको बताउने प्रधानले आफुलाई नै त्यस स्थानमा पुर्याएको बताए। आफु आईटीमा अध्ययन गरेकाले विदेशबाट थप ज्ञाान आर्जन गरी नेपालमा त्यो ज्ञाानलाई बाँड्न चाहेको समेत बताए।


“पारिवारिक ब्यागग्राउण्ड नै फिल्मी ईण्डष्ट्रिजमा रहँदा सिनेमा तिर कतिको झुकाव छ?” भन्ने संचारकर्मीहरुको प्रश्नमा प्रधानले म्युजिक भिडियो र केही चलचित्रमा अफर आएपनि त्यस क्षेत्रलाई राम्ररी नचिनकाले त्यसै हाम फाल्न नहुने बताए। उनले भने “म पपुलर भए भनेर मात्रै हुँदैन, अभिनय पनि जान्नु पर्यो, तयारी कक्षा लिनुपर्यो, तर म संँग अनुभव छैन।”
एक फरक प्रसंगमा प्रधानले अहिले आफु सिंगल नै रहेकाले आफ्नो क्यारियर नबनेसम्म विवाह प्रति कुनैपनि सोंच रहेको खुलाए। उनले भने “फेसबुक, ईन्स्टाबाट रिलेसनसिपको अफर आउने गरेको छ तर ध्यान त्यतातिर दिएको छैन।”
धरानको डिपो स्कुलबाट एसइई सकेर धरान उच्चबाट प्लस टु गरेका प्रधानले ईटहरी ईन्टरनेशनल कलेजबाट ब्याचलर गरेका थिए। उनी चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा निर्देशक समाजका केन्द्रिय महासचिव अरुण प्रधानका छोरा हुन्।
गत भाद्रमा काठमाण्डौको सोल्टी होटलमा आयोजित ग्राण्ड फिनालेमा आदेश प्रधानले फष्ट रनरअप सँंगै पब्लिक च्वाइसको अवार्ड समेत हात पारेका थिए। मिष्टर नेपाल २०२४ को उपाधी भने सन्तोष लोक्समले जितेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)