तीज तथा जितिया पर्वको अवसरमा कांग्रेसको विशेष कार्यक्रम
दिव्य रोशनी (धरान)/ नेपाली कांग्रेसले समुदायमा आधारित तीज तथा जितिया पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीले रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ लाई समेटेर बक्लौरीमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा तीज विशेष संगीनी गाउने तथा खेल्ने, आमाछोरी वीचको गिति नाटक, तीज नृत्य प्रतियोगिता तथा जितिया पर्व र संस्कृति सम्बन्धि मौलिक गीत तथा नृत्य प्रस्तुतिका साथै घैला फुटाउने खेल, आई क्यू टेष्ट समेत गरिएको थियो । गिति नाटकले दर्शक तथा सहभागी सबैको आंखा रसाएका थिए भने कलाकार स्वयं पनि भावुक भएर रोएका थिए ।
कार्यक्रममा आयोजित नृत्य प्रतियोगितामा रामधुनी ६ की अरुणा परियार प्रथम भएकि थिईन्भने रामधुनी ६ की अरुणा तामाङ दोश्रो र रामधुनी ७ की रमिता चौधरी तेश्रो भएकी थिइन् । त्यसै गरी रामधुनी ७ की विष्णु राई र दिक्षा मालीले सान्तवना स्थान हासिल गरेकी थिइन । यसैगरी रामधुनी ६ की कमला गुरुङले वेष्ट ड्रेसको उपाधी जित्न सफल भईन् । त्यस्तै घैला फुटाउने खेलमा रामधुनी ७ की रितिशा चौधरी र आई क्यू टेष्टमा रामधुनी ७ की मन्जु चौधरी विजयी भएकी थिइन् । उनीहरुलाई साडी, रिचार्ड कार्ड र नगद पुरस्कार प्रदान गरिएको थियो । नृत्यको निर्णायकको भूमिका प्रदेश सांसद ममता तामाङ, प्रदेशसभा १(१) कोषाध्यक्ष रबिना सुब्बा गुरुङ र नृत्य विज्ञ हिना गुरुङ राईले गरेका थिए। कार्यक्रममा सहयोग गर्ने व्यक्तित्वहरुलाई विशेष सम्मान समेत गरिएको थियो ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा र क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेसका सुनसरी जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी प्रमुख अतिथि रहेका थिए। उनले शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेस क्षेत्रिय समितीले तीज र जितिया पर्वको अवसरमा समुदायमा आधारित कार्यक्रम गर्दै पाटीलाई जनतामाझमा पु¥याएको बताए ।
यसैगरी कार्यक्रममा सभापति तामाङले थारु जातिको विशेष सांस्कृतिक पर्व जितिया पनि नजिकै आएकाले सामाजिक र सांस्कृतिक सद्भावमा थप वृद्धि गर्ने उद्देश्यले तीजसंगै जितिया पनि एकै साथ मनाइएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापतिद्धय नगेशचन्द्र राई, पंकज महतो, सचिव विरेन्द्र साह, प्रदेश सांसद ममता तामाङ, रामधुनी नगर सभापति सुदिप अधिकारी, उद्योग वाणिज्य संघ, रामधुनीका अध्यक्ष नविन कुमार चौधरी, क्षेत्रीय सदस्य पर्शुराम चौधरी, नेपाल महिला संघ सुनसरीका सभापति विजया कटवाल, रामधुनी ६ की कार्यवाहक सभापति इन्दु राजधामी लगायतले मन्तव्य राखेका थिए।
कांग्रेसले समुदायमा आधारित तीज विशेष कार्यक्रम धरान उपमहानगरको पटनाली र महादेव चौक, बराहक्षेत्र नगरको चतरा र कालाबञ्जारमा यस अघि नै सम्पन्न गरिसकेको छ।