मिसेस धरान आईकनको ट्यालेन्ट शो (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ मिसेस धरान आईकनको ट्यालेन्ट शो सम्पन्न भएको छ।
सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा शुक्रवार आयोजित ट्यालेन्ट शो मा २३ जना प्रतिस्पर्धीहरुले आफुमा भएका प्रतिभाहरु देखाएका छन्।
एल एण्ड सि मोडल एजेन्सी प्राली.को आयोजनामा भएको ट्यालेन्ट शोमा प्रतिस्पर्धी सपना बुढाथोकीले तीजमा माईत जान नपाएकी चेलीको दर्दानक गिती कथामा जीवन्त अभिनय गरेकि थिईन्भने प्रतियोगि अन्जु वान्तवाले नृत्य गरेका थिए। यसैगरी रविना बस्नेतले गीत प्रस्तुत गरेकि थिईनभने सृजना लिम्बुले महिला शसक्तिकरणका बारेमा आफ्नो धारणा राखेकि थिईन्। यसैगरी अर्का प्रतियोगी सिन्धु सुब्बाले लिम्बु संस्कृतिलाई उजागर गरेकि थिईन्भने भागी लिम्बुले आफ्नो पेशा स्वास्थ्यकर्मीलाई दर्शाउने भूमिकालाई ओजिलो तरिकाले प्रस्तुत गरेकि थिईन्। यसैगरी प्रतियोगितामा अन्य प्रतियोगिहरुले आ–आफुमा भएका कला प्रस्तुत गरेका थिए। प्रतियोगिताका निर्णायकहरुमा नृत्य प्रशिक्षक रिमा थापा मगर, मिसेस स्टेट १ २०१८ की सेकेण्ड रनरअप निरा शंकर, कलाकार अम्बिका दवाडी, संगीता प्रधान र गायिका पम्फा चहर रहेका थिए।
ट्यालेन्ट सो प्रतियोगिताको उद्धघाटन धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले गरेका थिए। उनले पानसमा बत्ति बालेर प्रतियोगिताको उद्धघाटन गरेका थिए। कार्यत्रलमका प्रमुख अतिथी समेत रहेका बेघाले यस्ता प्रतियोगिताहरुले महिलाहरुमा लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्ने बताएका थिए।


मिसेस धरान आईकन २०२४ का २३ जना प्रतियोगीहरुलाई व्यक्तित्व विकासका लागी पब्लिक स्पिकिङ, पर्सनालिटी डेभलपमेन्ट, टेबल मेनेजमेण्ट, ट्राफिक सचेतना, महिला अधिकार, महिला शसक्तिकरण लगायतका कुराहरु अनुभवी व्यक्तित्वहरुबाट प्रशिक्षण दिईएको ईभेन्टका डाईरेक्टर निश्चल पलिखेले बताए। प्रतियोगितामा धरानका समाजसेवी, व्यवसायी, एकल तथा गृहिणी विवाहित महिलाहरुको सहभागिता रहेको छ।
प्रतियोगिताको फिनाले आगामी भदौ ७ गते हुने आयोजकले जनाएको छ। जसमा सम्पूर्ण सहभागीहरुले प्रमाणपत्र, कुनै न कुनै एक सवटाईटल पाउनेछन्भने आकर्षक गिफ्ट ह्याम्परहरु पनि पाउनेछन्। बिजेताले क्राउन सहित ३० हजार नगद, ५ लाखको बिमा, वान डे वान नाईटका लागी होलिडे टुरको अवसर पाउनेछन्भने कुनै एक म्यागजिनमा पोष्टर सहितको अन्तरवार्ता सहित कुनै एक कम्पनिको सद्भावना राजदुत साथै राष्ट्रिय स्तरको मिसेस नेपालको प्रतियोगितामा सिधै सहभागिता जनाउने पाउनेछन्।


यसैगरी प्रतियोगिताका फस्ट रनरअपले नगद २० हजार सहित २ लाखको बिमालेख र सेकेण्ड रनरअपले १० हजार नगदका साथमा २ लाखको विमालेख सहित आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्। यसैगरी मिसेस पब्लिक च्वाईसले विशेष क्राउन सहित गिफ्ट ह्याम्पर पाउने प्रालीका सिईओ दिपक गिरीले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)