क्यामरुन बुढासुब्बा गोल्डकपको फाईनलमाः उपाधीका लागी काँकडभिट्टा संग भिड्ने
दिव्य रोशनी(धरान)/ एन्फा मोरङलाई हराउँदै एभिनिर फुटबल क्लब क्यामरुन बुढासुब्बा गोल्डकको फाईनलमा प्रवेश गरेको छ।
धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा विहिवार भएको खेलमा क्यामरुनले एन्फा मोरङलाई २–० गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। धरान १६ स्थित रंगशालामा भएको खेलमा पहिलो हाफको ४४ औं मिनेटमा क्यामरुनका टिम्बाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यसैगरी खेलको ८८ औं मिनेटमा एन्फाका धिरेन विष्टले आत्मघाती गोल गरेपछि क्यामरुनले २–० को सहज जित निकाल्यो।
खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा क्यामरुनका कोच आशिक थापा मगरले खेलाडीहरुले अपेक्षा अनुरुपको खेल खेल्दै सहज जित निकालेको बताए। यसैगरी एन्फा मोरङका कोच रानु राना मगरले क्यामरुनका खेलाडीहरु फिजिकल्ली रुपमा पनि फिटभएकाले आफ्ना खेलाडीहरु उनीहरु सामु खुलेर खेल्न नपाएको बताए। खेलमा क्यामरुनका डिन म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार सहित मेडल प्राप्त गरे।

शनिवार हुने फाईनल खेलका लागी यसअघि काकडभिट्टा फुटबल टिम प्रवेश गरिसकेको छ। प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।
भोली शुक्रवारको मैत्रीपूर्ण खेल धरान उप–महानगरपालिका कर्मचारी विरुद्ध धरान फुटबल टिमका बीच हुने आयोजकले जनाएको छ।
Pingback: 1xbet apk
Pingback: pinup aviator demo
Pingback: Explorez les offres de Legiano
Pingback: เด็กเอ็น