कोरोना परिक्षण घटाएपछि संक्रमितको संख्या घट्योः शनिवार थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ को मृत्यु
(दिव्य रोशनी)/ कोरोना परिक्षण घटाएपछि नेपालमा कोरोना संक्रमितको संख्यापनि घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ८० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार १ सय ६३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।
टिप्पणीहरू are closed.