सुनाखरी स्कुललाई चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलको उपाधी
दिव्य रोशनी(धरान)/ धरानमा जारी विद्यालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ कपको उपाधी सुनाखरी स्कुलले जितेको छ।
सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९–४५ अंकको अन्तरले पराजित गर्दै उपाधी जितेको हो। खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुलले १८–११ र १८–७ अंकले अग्रता बनाएको थियो। यसैगरी तेस्रो क्वाटर सुनाखरीले बराबरी १४–१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३–९ अंकले पछि परेका थिए।
उपाधी संगै सुनाखरी स्कुलले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गेरेको छ। त्यस्तै उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी सुनाखरी स्कुलका बिक्रम श्रेष्ठ घोषित भए। उनले नगद एक हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरे। यसैगरी फाइनल खेलको म्यान अफ द म्याच सुनाखरि स्कुलका आदेश पोदार, राइजिङ प्लेयर आयोजक डिपो स्कुलका जोन लिम्बु, हाई स्कोरर प्याराडाइज स्कुलका प्रीन्स खत्री घोषित भए। उनिहरुलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रीन्सले चार खेलमा ब्यक्तिगत ८९ अंक जोडेका थिए । बिजेता तथा उपबिजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्री माननीय भुपेन्द्र राई, सभाध्यक्ष डिपो स्कुल ब्यवस्थापन समिती अध्यक्ष क्याप्टेन अमरबहादुर लिम्बु, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुबेदी, प्रतियोगिता संयोजक खड्कशम्सेर लिम्बू, बिद्यालय ब्यवस्थापन समिती सदस्य सुर्यप्रकाश पन्धाक लिम्बुले पुरस्कार बितरण गरेका थिए ।
सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा संचालन भएको थियो। श्रावण १५ गते देखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेश भरिका १८ वटा विद्यालयले सहभागिता जनाएको थियो।