“उद्योग वाणिज्य संघलाई व्यापारिहरुको साझा संस्थाको रुपमा विकास गर्न चाहन्छु” अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ

दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग वाणिज्य संघलाई व्यापारिहरुको साझा संस्थाको विकास गर्न आफुले अध्यक्षमा उम्मेद्धवारी दिएको शिवराज श्रेष्ठले बताएका छन्।
सो कुरा उनले धरानमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्। यहि असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबको अध्यक्ष पदका उम्मेद्धवार श्रेष्ठले सुुनसरी उद्योग वाणिज्य संघमा भईरहेको सिण्डिकेट अन्त्यगरी व्यापारिहरुको साझा संस्थाको रुपमा विकास गर्न आफुले चाहेको बताए। उनले धरानको व्यापारिक बजार चहलपहल बढाउनको लागि पनि अध्यक्ष पदमा उम्मेद्धवारी दिएको बताए।
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी श्रेष्ठले २६ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन्। उनले धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको सुरुङ मार्ग आवस्यक भएकाले आफुले उक्त मार्ग बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्ने जनाएका छन्। यसैगरी कोशीमा बन्ने किमाथांका राजमार्गको एकमात्र ड्राइपोर्ट धरानमा बनाउन पहल गरिने, पर्यटन प्रवद्र्धन गर्न हेलिप्याड निर्माण, धरानको धार्मिक पर्यटन र हेल्थ टुरिजम बढाउने प्रतिवद्धता राखेका छन्।


प्रतिबद्धतापत्रमा धरानको व्यापारिक इतिहासलाई फर्काउनको लागि धरान, इटहरी, इनरुवा, रामधुनी चतरा र बराहक्षेत्रलाई आर्थिक क्षेत्र घोषणाको लागि आवस्यक पहल गरिने, धरान र रामधुनीलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्ने, धरानको कृषि वजारलाई नमुना केन्द्रको रुपमा विकास गर्न पहल गर्ने, तिनकुने औद्योगिक क्षेत्रको थप विकास गरि विशेष आर्थिक क्षेत्र बनाउन पहल गरिने, धरानमा स्थायी तथा व्यवसायिक प्रदर्शनी निर्माण गरिने, झन्झटिलो कर नितिलाई बैज्ञानिक कर प्रणालीको विकास गर्न आवस्यक पहल कदमी गरिने लगायतका उल्लेख रहेको छ ।
अध्यक्षका प्रत्यासी श्रेष्ठको टिममा वाणिज्य तर्फका सदस्यहरु अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्र बहादुर सुवेदी ,सागर प्रसाई, सीताराम आचार्य रहेका छन्भने महिला तर्फ ममता शाक्य रहेका छन्। यसैगरि उद्योग तर्फ उमेश अग्रवाल, खड््ग बहादुर वस्नेत(राजु) र शिवानन्द साह छन्भने एसोसिएट तर्फ राजु साह र राजेश अग्रवाल रहेका छन् ।


असार ३० गते हुने संघको निर्वाचनका लागि २ हजार ९०४ जनाले मतदान गर्दैछन्।