करेसाबारीको ड्रागन फ्रुटबाट मनग्यै आम्दामी
मनिता चाम्लिङ/
दिव्य रोशनी (धरान)/
धरान ११ परिवर्तन मार्गकी आशा लिम्बुले करेसाबारीमा लगाएको ड्रागन फ्रुटबाट मनग्य आम्दामी गर्न थालेकी छिन्।
आफ्नो घरको करेसाबारीमा रहेको १० धुर जग्गामा रोपेको ३० बोट ड्रागन फ्रुटले रोपेको ७ महिनामै राम्रो फल दिन थालेको उनले बताईन्। उनका अनुसार ड्रागन फ्रुट रोपेको पहिलो वर्ष नै उनले ६ मन (प्रतिमन ४० केजी.) ड्रागन फ्रुट फलाएकी थिईन्। उनले ड्रागन फ्रुट रोपेको यो वर्ष दोस्रो वर्षको पहिलो लटमा ४० केजी र दोस्रो लटमा १ सय ६० केजी ड्रागन फ्रुट टिपिसकेकी छिन्। वर्षको ६ महिनासम्म जेठदेखी कार्तिक महिनासम्म फल्ने ड्रागन फ्र्रुट अबको ४ महिनासम्म फल फल्ने भएकाले अझै ५ सय केजी भन्दा बढी ड्रागन फ्र्रुट फल्ने उनले बताईन्।
अहिले ड्रागन फ्र्रुटको फल टिप्ने सिजन भएकाले ग्राहकहरु आशाको घरमै आउने गरेका छन्। विशेषगरी छरछिमेकीहरु खरिदका लागी आउने र अन्य ठाउँमा कोशेली पनि लैजाने भएकाले एकजनाले नै ५ केजीको सरदरमा खरिद गरिरहेको उनले बताईन्। प्रतिकेजी ३ सय ५० रुपैयाँमा बिक्री गर्दै आएकी उनले ड्रागन फ्र्रुट बेच्न बजारको समस्या नरहेको पनि बताईन्।
उनले भनिन् “छरछिमेकीहरु नै घरैमा किन्न आउनुहुन्छ, कसैले कोसेली पठाउने भन्दै किन्न आउनुहुन्छ तर व्यापारीहरुलाई चाही बिक्री गर्दिन।” व्यापारीहरुले सस्तोमा किन्न चाहने र ग्राहकहरुलाई ठग्ने भएकाले पनि आफुले व्यापारीहरुलाई बिक्री गर्न नचाहेको उनले दिव्य रोशनीलाई बताईन्।
बजारमा धेरैसमयसम्म टिकाउन र एउटै कलरको बनाउन व्यापारीहरुले विषादी लगाउने गरेपनि आफुले अझसम्म कुनैपनि विषादी नलगाएको उनले बताईन्। उनले ड्रागन फ्रुटको मलका लागी गाईको गोबर र पिना लगाउने गरेको जानकारी दिईन्।
भारतिय भूपू. लाहुरे परिवारकी भएकाले पनि आशालाई कुनै आर्थिक संकट छैन, आज खायो भरै के खाऔं भन्ने पनि छैन, धरान जस्तो शहरमा अढाई तले सुविधा सम्पन्न घर छ। तर आफु गृहिणी भएपनि चुला चौकामा मात्र सिमित नराख्नका लागी पनि आकाशे फलको रुपमा ड्रागन फ्रुट रोपिएको उनको भनाई छ। उनले १० धुर जग्गामा ४२ हजार खर्चेर ड्रागन फ्रुटको खेती लगाएकी थिईन्। जुन ७ महिनामै खर्च कटाएर नाफा कमाउन सफल भएको उनले बताईन्।
यसअघि मकैबाली लगाउँदा सय घोगा पनि फल नदिनेमा अहिले त्यसको दशौं गुणा बढी आम्दामी गर्न सफल भएको उनले बताईन्। उनले भनिन् “यसमा खासै मिहेनत पनि छैन, घरधन्दा सकेर बचेको समयमा काम गर्नपनि सकिन्छ, कहिलेकाही हप्ता १० दिनमा बारीमा गएर एकपटक हेर्छु बस त्यती।”
धरानका प्रत्येक घरहरुमा फुलको बगंैचा पनि देख्न सकिन्छ। घरको शोभाका लागी पनि फुल चाहिन्छ। तर फुलको सट्टामा ड्रागन फ्रुटलाई पनि रोप्न सकिने उनले बताईन्। ड्रागन पु्रmट फुल फुलेको बेला टोलवासीहरुमा नै मिठो सुगन्ध आउने भएकाले स्वास्थ्यका लागी पनि फाईदाजनक भएको उनको भनाई छ। प्रत्येक घरले ठाउँ अनुसार १/२ वटा भएपनि ड्रागन फ्रुट रोप्न उनले आग्रह गरिन्।

शुरुशुरुमा धरानमा ड्रागन फ्रुट भित्रिएको बेला १ हजारदेखि १२ सय रुपैयाँ केजीसम्म ड्रागन फ्रुट किनेर पनि खाएको उनी सम्झन्छिन्। आफ्नै घर वरपर हुन्छ भने किन नलगाउने भनेर ड्रागन फ्रुटको खेती नै गरेको उनले बताईन्। एउटा तरुलको बोट, घिरौला, रोपेर छिमेकी संँग झगडा गर्नुभन्दा ड्रागन फ्रुट रोप्दा न छिमेकीको घरमा पत्ता नै उडेर फोहर हुने न अरुलाई असर नै गर्ने भएकाले पनि यसको खेती सबैका लागी फाईदा नै भएको उनले बताईन्।
ड्रागन फ्रुट मिठो मात्र नभई औषधीय गुणले पनि भरिपूर्ण हुन्छ। यसको फुलको सब्जी पनि खान सकिन्छभने सुकेको फुलको चिया पनि हुन्छ, साथै यसको डुकु छिलेर अचार बनाएर खान पनि सकिन्छभने फल खाएपछिको बोक्रालाई सफा गरेर आलु, टमाटर संँग मिसाई मिठो तरकारी पनि बनाउन सकिने उनले बताईन्। “यसको काँडा बाहेक केहीपनि फ्याक्नु पर्दैन” उनले भनिन् “जुनसुकै रोगीका लागीपनि यो फल लाभदायक छ।”
ड्रागन फ्रुट बेचेरै मनग्गे आम्दामी गर्दै आएकी उनले ड्रागन फ्रुटको बोट मुनी धनियाँ र खोर्सानी, फर्सी, लट्टेको साग समेत रोपेकी छिन्। त्यसबाट पनि उनले मनग्गे आम्दामी गर्ने गरेकी छिन्। उनीले ड्रागन फ्रुट खेती गर्नेहरुलाई विशेषगरी बिरुवा चिनेर मात्र खरिद गर्न आग्रह गरेकी छन्। उनले ड्रागन फ्रुटको बिरुवा राख्दा मुख्य भागबाट काटेर बनाईएको बिरुवाले ७ महिनामै फल दिने तर हागा काटेर रोपिएको बिरुवाले ढिलो फल दिने भएकाले बिरुवा किन्दा सचेत रहनुपर्ने पनि जानकारी दिईन्।
ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातीको फलफुल हो। यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ। यो सेतो र रातो कलरको हुन्छ। आशाले रोपेकी ड्रागन फ्रुट मलेशियन प्रजातिको रातो कलरको हो।
ड्रागन फलका लागि घामलाग्ने र समुद्री सतह देखी १५०० मिटर सम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ। पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकोले यसको लागि पानी नजम्ने ठाउँ रोज्नु पर्दछ। ड्रागन फ्रुटलाई सिंचाइ सुविधा भएको ठाउँ तराइ, भित्री मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहने भएकाले यसबाट मनग्य आम्दानी लिन सकिन्छ।
त्यसो त आशा लिम्बुलाई सफल प्रतिनिधी पात्रको रुपमा लिन सकिन्छ। नेपालमा पनि ड्रागन फ्रुुट खेतीलाई प्रोत्साहन गर्न नेपाल सरकारको तर्फबाट नै ठोस कदम चाल्नुपर्ने देखिन्छ। भने आशाले जस्तै आफ्नो खाली रहेको करेसाबारीमा फुलका साटो उत्पादनशिल यस्ता फल रोप्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ। (दिव्य रोशनी साप्ताहिकबाट)