दिव्य रोशनी साप्ताहिकको २१ औं स्थापना दिवसमा महिला उद्यमी सहित पत्रकार सम्मानित
दिव्य रोशनी साप्ताहिकको २१ औं स्थापना दिवसको अवसरमा ३ पत्रकार दिव्य रोशनी साप्ताहिकको २१ औं स्थापना दिवसमा महिला उद्यमी सहित पत्रकार सम्मानित भएका छन् भने १ जना महिला उद्यमी अभिनन्दित भएका छन्।
बुधवार धरान उपमहानगरपालिकाको कार्यपालिका हलमा आयोजित दिव्य रोशनी साप्ताहिकको २१ औं स्थापन दिवसमा महिला उदमी सहित पत्रकारहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा महिला उद्यमीका तर्फबाट गृह श्रमिक महिला उद्यमी समाज नेपालका अध्यक्ष प्रेम कुमारी राईलाई दोसल्ला ओढाई अभिनन्दन पत्रले अभिनन्दन गरिएको थियो।

यसैगरी कार्यक्रममा पत्रिकाका सम्पादक / प्रकाशक मनिता चाम्लिङका दिवंग बुवा क्विन गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको उत्कृष्ट सामाजिक सम्मानबाट २ जना पत्रकार सम्मनित भएका छन्। जसमा ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ र उमा अनलाईन टिभीका पत्रकार उमा चाम्लिङलाई सम्मन गरिएको थियोभने पत्रिकाका सम्पादक÷प्रकाशक चाम्लिङका जेठा दाजु स्व. राजु राईको स्मृतिमा स्थापना गरिएको युवा पत्रकारिता पुरस्कारबाट हिमालयन टिभीका प्रतिनिधि सन्तोष काफ्लेलाई सम्मान गरिएको थियो। सम्मानितहरुलाई जनही नगद ५ हजार १ सय ५ रुपैया सहित कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई, पत्रिकाका सम्पादक÷प्रकाशक मनिता चाम्लिङ लगायतले पुरस्कार वितरण गरेका थिए।


यसैगरी कार्यक्रममा विगत ३ दशक अघिदेखी स्थानिय तथा राष्ट्रिय समाचारपत्र बिक्री वितरण गर्दै आएका ७३ वर्षिय वृद्ध कृष्ण भक्त श्रेष्ठलाई खाद्यन्न (चामल, दाल, नुन, तेल, न्युटेला) वितरण गरिएको थिया भने पत्रिकाका व्यवस्थापनमा सहयोगी डम्बर बुढाथोकीलाई कदर पत्र समेत प्रदान गरिएको थियो।

धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईद्वारा केक काटी उद्घाटन गरिएको सो कार्यक्रम दिब्य रोशनी पत्रिकाका सम्पादक मनिता चाम्लिङको सभापतित्वमा सम्पन्न भएको थियो ।
पत्रकार भरतराज शर्माको संचालनमा रहेको सो कार्यक्रमलाई पत्रिकाका प्रबन्ध निर्देशक सागर सिंजालीले धन्यवाद ज्ञापन गरेका थिए।
Pingback: purchase cialis
Pingback: discount cialis
Pingback: goodrx sildenafil 100
Pingback: sildenafil tablets 50mg
Pingback: ginseng root tea for stamina