गृह श्रमिकको कम्प्युटर तथा ढाका कपडा सिलाई कटाई तालिम
दिव्य रोशनी(धरान)/ गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालले कम्प्युटर प्रशिक्षण तथा सिलाई कटाई तालिमको समापन गरेको छ।
शुक्रवार धरान १५ निराजन बस्ति स्थित संस्थाको भवनमा तालिमको समापन गरेको हो। संस्थाले ४ जना महिला प्रशिक्षार्थीहरुलाई ३ महिने बेसिक कम्प्युटर तालिम र २० जना महिला प्रशिक्षार्थीहरुलाई परम्परागत ढाका कपडा सिलाई कटाई १ महिने एडभान्स तालिमको आयोजना गरेको थियो। संस्थाका अध्यक्ष प्रेमकुमारी राईले काठमाण्डांै धापाखेल स्थित टेवा भन्ने संस्थाको सहयोगमा १ महिने परम्परागत ढाका कपडा सिलाई कटाई तालिम सम्पन्न गरिएको बताईन्। उनले गतवर्ष संस्थाले प्रदान गरेको परम्परागत ढाका कपडा सिलाई कटाई तालिम बेसिक मात्र रहेकाले तिनै प्रशिक्षार्थीहरुको माग बमोजिम १ महिने एडभान्स तालिम संचालन गरिएको समेत बताईन। तालिममा स्टकोट, दौरासुरुवाल, चौबन्दी चोली, ढाका टोपीको प्रशिक्षण दिईएको थियो।
यसैगरी संस्थाले ४ जना महिलाहरुलाई कम्प्युटर सम्बन्धि ३ महिने बेसिक तालिमको समेत आयोजना गरेको छ। अध्यक्ष राईले कम्प्युटर चलाउन जान्ने संस्थाका सदस्य विदेशिएपछि खट्किएको अभावलाई टार्न संस्थाका ४ जना सदस्यहरुलाई बेसिक कम्प्युटर तालिम प्रदान गरिएको बताईन्।
सोहिक्रममा अध्यक्ष राईले तालिम तथा कार्यालय संचालनका लागी संस्थाको भवन साँघुरो रहेकाले तला थप्नका लागी बजेटको पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथी एवं कोशी प्रदेस सभासदस्य यशोदा कायस्थलाई आग्रह गरेकी थिईन्। जवाफमा प्रमुख अतिथी कायस्थले समयमै प्रपोजल पेश गर्न अध्यक्ष राईलाई आग्रह गरेकी थिईन्। (दिव्य रोशनी साप्ताहिकबाट)
Pingback: rybelsus 7 mg