मरिक एफसिलाई प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताको उपाधी
दिव्य रोशनी(धरान)/ धरानमा जारी प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताको उपाधी मरिक एफसि धरानले जितेको छ।
धरान १६ स्थित रंगशालामा सोमवार भएको फाईनल खेलमा ब्रदर कलेक्सन एफसि केराबारी मोरङलाई २–१ गोल अन्तरले हराउदै उपाधि जितेको हो। खेलमा ब्रदर कलेक्सन एफसि केराबारीका युगेन राईले पहिलो हाफको १५ मिनेटमा गोल गरेका थिए। मध्यान्तर सम्म १ गोलको अग्रता लिएको ब्रदरलार्ई रोक्दै मरिक एफसिका तर्फबाट अशोक खवासले दोस्रो हाफको १६ र १८ औं मिनेटमा गोल गर्दै टिमलाई विजयी दिलाएका थिए। खेलको म्यान अफ दि म्याच मरिक एफसिका बिनोद राई घोषित भए। उनले नगद ५ हजार संगै मेडल प्राप्त गरे।
बिजेता मरिक एफसी धरानले उपाधी संगै नगद १ लाख पाएको छभने उपबिजेतामा सिमित ब्रदर्श कलेक्सन एफसि केराबारीले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ। प्रतियोगिताको ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट डिफेन्स मरीक फुटबल क्लबका बिकु राई, उत्कृष्ट मिडफिल्डर ब्रदर कलेक्सन केराबारीका सलोन जिमि, उत्कृष्ट खेलाडी ब्रदर कलेक्सन फुटबल टीम केराबारीका सुजन मगर सर्बाधिक गोलकर्ता तिलक लावति, उत्कृष्ट गोलकिपर मरीक एफसिका निशान थापा मगर घोषित भए। उनिहरुले जनहि नगद १० हजार सहित मेडल र ट्रफी प्राप्त गरे। यसैगरी प्रतियोगिताको उत्कृष्ट कोच मरीक फुटबल टीमका जोगिन मरिक र प्रतियोगिताका राईजिङ प्लेयरधरान सिटी फुटबल क्लबका दिपक गिरी घोषित हुँदै उनिहरुले नगद ५ हजार सहित ट्रफी तथा मेडल प्राप्त गरे। विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा, कार्यक्रम संयोजक श्री सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए।
यहि बैशाख ८ गते देखी संचालन भएको सो प्रतियोगिता बैशाख १४ गते सम्पन्न भएको थियो।
Pingback: rybelsus tablets