प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताः ब्रदर्श कलेक्सन केराबारी सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिता अन्तर्गत विहिवार भएको खेलमा ब्रदर्श कलेक्सन केराबारी विजयी भएको छ।
नेचर क्लब धरानको आयोजना तथा वाईसियल धरानको सहयोगमा धरान १६ स्थित रंगशालामा भएको खेलमा शान्तिनगर फुटबल क्लब ईटहरीलाई ० का विरुद्ध २ गोल गरी ब्रदर्श कलेक्सन केराबारी विजयी बनेको हो। खेलमा ब्रदर्श कलेक्सन केराबारीका सुजन मगरले २ गोल गरेका थिए। उनले पहिलो हाफको २७ औं र दोश्रो हाफको २४ औं मिनेटमा गोल गरेका थिए। उनि खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद २ हजार संगै मेडल प्राप्त गरे।


भोली शुक्रवारको पहिलो सेमिफाईनल खेल धरान सिटी एफसिका विरुद्ध मरिक एफसिका बिच हुनेछभने दोस्रो सेमिफाईनल खेल फुट्सल एफ फाईभ र ब्रदर्श कलेक्सन केराबारी एफसिका बिच हुने म्याच कमिस्नर शुभम मगरले बताए।


प्रतियोगिताका विजेता टिमले नगद १ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, सर्टिफिकेट र मेडल प्राप्त गर्नेछन्भने उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ। त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई जनही १०/१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
यसैगरी उत्कृष्ट कोच, राईजिङ प्लेयरले नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक सुब्बाले जानकारी दिए।