प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताः बुधवारको खेलमा मरिक एफसि विजयी
दिव्य रोशनी(धरान)/ प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मरिक एफसि विजयी भएको छ।
नेचर क्लब धरानको आयोजना तथा वाईसियल धरानको सहयोगमा धरान १६ स्थित रंगशालामा भएको खेलमा स्वर्णिम फुटबल क्लबलाई ० का विरुद्ध १ गोल गरी मरिक एफसि विजयी बनेको हो। खेलमा मरिक एफसिका दिनेस राईले दोश्रो हाफको २० आंै मिनेटमा गोल गरेका थिए।
खेलको म्यान अफ दि म्याच मरिक एफसिका गोल किपर निशान थापा मगर घोषित भए। उनले नगद २ हजार संगै मेडल प्राप्त गरे। भोली विहिवारको खेल शान्ति नगर एफसि ईटहरीका विरुद्ध केरावारी एफसिका बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेता टिमले नगद १ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, सर्टिफिकेट र मेडल प्राप्त गर्नेछन्भने उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ। त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई जनही १०÷१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
यसैगरी उत्कृष्ट कोच, राईजिङ प्लेयरले नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक सुब्बाले जानकारी दिए।