प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिता शुरुः उद्धघाटन खेलमा धरान सिटी विजयी

दिव्य रोशनी(धरान)/ प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा धरान सिटीले विजयी शुरुवात गरेको छ।
नेचर क्लब धरानको आयोजना तथा वाईसियल धरानको सहयोगमा धरान १६ स्थित रंगशालामा सोमवार भएको उद्धघाटन खेलमा प्रगतिशील फुटबल क्लब धरान १६ लाई ० का विरुद्ध १ गोल गरी विजयी शुरुवात गरेको हो। खेलमा धरान सिटीका निमा शेर्पाले दोस्रो हाफको १२ आंै मिनेटमा गोल गरेका थिए। उनि खेलको म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद २ हजार संगै मेडल प्राप्त गरे । मंगलवारको खेल फुटसल फुटबल क्लब विरुद्ध १६ बर्ष मुनिको धरान सिटी फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।


उद्धघाटन खेलमा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा प्रमुख अतिथी रहेका थिए। उनले धरानले राष्ट्रिय स्तरको फुटबल खेलाडीहरु उत्पादन गरेर धरानलाई फुटबलको राजधानी भनेर चिनिएको बताए। यसैगरी कार्यक्रम सम्योजक एवं वाईसिएल केन्द्रिय सचिब श्री सुब्बाले आमा स्व. पार्वती लिम्बुको स्मृतिमा आयोजना गरिएको बताए। उनले खेलकुदको माध्यमबाट युवाहरुलाई कुलतबाट जोगाउन पनि प्रतियोगिताको आयोजना गरिएको जनाए।


वैशाख १३ गते सम्म संचालन हुने प्रतियोगितामा धरान सिटी फुटबल क्लव, प्रगतीशिल फुटबल क्लव, मरिक फुटबल क्लब, स्वर्णिम फुटबल क्लब, फुटसल फुटबल क्लब, यु–१६ धरान सिटी फुटबल क्लब, शान्ति नगर फुटबल क्लब इटहरी र ब्रदर्श कलेक्सन केराबारी रहेका छन् ।
प्रतियोगिताका विजेता टिमले नगद १ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, सर्टिफिकेट र मेडल प्राप्त गर्नेछन्भने उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ। त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई जनही १०/१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
यसैगरी उत्कृष्ट कोच, राईजिङ प्लेयरले नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक सुब्बाले जानकारी दिए।