गोधुली फुटबल रनिङकपः धरान १४ सेमीफाईनलमा

दिव्य रोशनी(धरान)/ धरान ६ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै १४ नं वडा धरानमा जारी गोधुली फुटबल रनिङकपको सेमिफाईनलमा प्रवेश गरेको छ।
शुक्रवार राती धरान रंगशालामा भएको खेलमा धरान ६ नं वडालाई १ का विरुद्ध २ गोल गर्दै धरान १४ नं वडा गोधुली फुटबल रनिङकपको सेमिफाईनलमा प्रवेश गरेको हो। खेलको दोस्रो हाफको ५३ औं मिनेटमा धरान १४ का आशिष पुरीले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिएभने खेलको ६३ औं मिनेटमा धरान ६ का अर्जुन लिम्बुले गोलगरी टिमलाई १–१ को बराबरी ल्याएका थिए। निकै नै प्रतिस्पर्धात्मक भएको खेलको ८९ औं मिनेटमा धरान १४ का आशिष पुरीले थप गोल गर्दै टिमलाई २–१ को विजयी दिलाएका थिए। खेलमा धरान १४ का आशिष पुरी म्यान अफ दि म्याच घोषित भए। उनले नगद १५ सय हात पारे।
शनिवारको तेस्रो क्वाटरफाईनल खेल धरान ५ नं वडाका विरुद्ध ११ नं वडाका बिच हुने आयोजक संस्थाका उपाध्यक्ष सतिस केसीले बताए।


प्रतियोगितामा धरानका २० वटा वडामध्ये २ र ७ नं वडाले सहभागिता जनाएका छैनन्। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५/२५ हजार प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरुमा वेस्ट प्लेयरले नगद १५ हजार, हाईस्कोररले नगद ७५००, बेष्ट डिफेण्डर, म्यानअफ दि म्याच, बेष्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्ट्राईकर, राईजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५५०० प्राप्त गर्नेछन्।
कुल अनुमानित बजेट २४ लाख १८ हजार ३ सय ३५ रुपैया रहेको सो प्रतियोगिताको समापन समारोहमा १ जना उत्कृष्ट पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। हालसम्म गोधुली रनिङकप धरान १९ नं वडाले सर्वाधिक ६ पटक जितिसकेको छभने ८ नं वडा र १७ नं वडाले ४/४ पटक जितेको छ।
२५ औं संस्करणमा आईपुग्दा क्लवले धरान नै पहिलो पटक रात्रीकालिन फुटबल खेल संचालन गरिरहेको छ।