गोधुली फुटबल रनिङकपः चौथो दिनको खेलमा धरान १४ र ४ नं वडा विजयी
दिव्य रोशनी(धरान)/ गोधुली फुटबल रनिङकप अन्तर्गत भएको चौथो दिनको खेलमा धरान १४ र ४ नं वडा विजयी भएको छ।
आईतवार राती धरान रंगशालामा भएको पहिलो खेलमा धरान ९ नं वडालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै धरान १४ नं वडा विजयी बनेको हो। खेलमा धरान १४ का तर्फबाट निमेस तामाङले पहिलो हाफको १६ औं मिनेटमा गोल गरी टिमलाई १ गोलको अग्रता दिलाएका थिए।
मध्यान्तर सम्म १ गोलको अग्रता लिएको धरान १४ ले दोस्रो हाफको १० औं मिनेटमा थप गोल गरेको थियो। जसमा धरान १४ का रञ्जित क्षेत्रीले गोल गरेका थिए। निकै नै प्रतिस्पार्धात्मक भएको खेलको ईन्ज्ुरी समयमा धरान ९ का तर्फबाट लेसन राईले १ गोल फर्काएका थिए। खेलमा धरान १४ का निमेस तामाङ घोषित भए। उनले नगद १५ सय हात पारे।
यसैगरी सोहिदिन भएको दोस्रो खेलमा धरान ४ नं वडा विजयी बनेको छ।
४ नं वडाले १ नं वडालाई १ का विरुद्ध ४ गोल गर्दै विजयी बनेको हो। खेलमा धरान ४ का आमोस राई र आनन्द राईले पहिलो हाफको ५ र १५ औं मिनेट गोलगरी मध्यन्तर सम्म २–० को अग्रता लिएको थियो।
खेलको दोस्रो हाफमा धरान ४ ले पुन २ गोल थप गरेको थियो। जसमा सन्तोष लिम्बुले११ र ४४ औं मिनेट गोल गरेको थियोभने धरान १ का तर्फबाट १ मात्र सान्तवना गोल सुलभ लिम्बुले दोस्रो हाफको १२ औं मिनेटमा गरेको थियो। खेलमा धरान ४ का सन्तोष लिम्बु घोषित भए। उनले नगद १५ सय हात पारे।
सोमवारको पहिलो खेल धरान १८ नं वडाका विरुद्ध १९ नं वडा र दोस्रो खेल धरान ३ का विरुद्ध ११ नं वडाका बिच हुने आयोजक संस्थाका उपाध्यक्ष सतिस केसीले बताए।
प्रतियोगितामा धरानका २० वटा वडामध्ये २ र ७ नं वडाले सहभागिता जनाएका छैनन्। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५/२५ हजार प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरुमा वेस्ट प्लेयरले नगद १५ हजार, हाईस्कोररले नगद ७५)), बेष्ट डिफेण्डर, म्यानअफ दि म्याच, बेष्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्ट्राईकर, राईजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५५०० प्राप्त गर्नेछन्।
कुल अनुमानित बजेट २४ लाख १८ हजार ३ सय ३५ रुपैया रहेको सो प्रतियोगिताको समापन समारोहमा १ जना उत्कृष्ट पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। हालसम्म गोधुली रनिङकप धरान १९ नं वडाले सर्वाधिक ६ पटक जितिसकेको छभने ८ नं वडा र १७ नं वडाले ४/४ पटक जितेको छ।
२५ औं संस्करणमा आईपुग्दा क्लवले धरान नै पहिलो पटक रात्रीकालिन फुटबल खेल संचालन गरिरहेको छ।