गोधुली फुटबल रनिङकपः ट्राईब्रेकरमा धरान १० विजयी

दिव्य रोशनी(धरान)÷गोधुली फुटबल रनिङकपको दोस्रो दिनको खेलमा धरान १० नं वडा विजयी भएको छ।
शुक्रवार राती धरान रंगशालामा भएको दोस्रो दिनको खेलमा धरान १२ नं वडालाई ट्राईबे्रकरमा २ का विरुद्ध ४ गोल गर्दै धरान १० नं वडा विजयी बनेको हो। खेलमा धरान १० का तर्फबाट निमेष लिम्बु, सिसल लिम्बु, सुभम भुजेल र आशिष राईले गोल गरेका थिए। यसैगरी धरान १२ का तर्फबाट संजिव कुमार राई र सुमन राईले मात्र गोल गर्न सफल भएभने सरोज लिम्बु र आयुष राईले गोल गर्न सकेनन्। खेलमा धरान १० का कस्तुप पिठाकोटे मगर घोषित भए। उनले नगद १५ सय हात पारे।
शनिवारको खेल धरान ८ नं वडाका विरुद्ध १५ नं वडाका बिच हुने आयोजक संस्थाका उपाध्यक्ष सतिस केसीले बताए।

प्रतियोगितामा धरानका २० वटा वडामध्ये २ र ७ नं वडाले सहभागिता जनाएका छैनन्। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५/२५ हजार प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरुमा वेस्ट प्लेयरले नगद १५ हजार, हाईस्कोररले नगद ७५००, बेष्ट डिफेण्डर, म्यानअफ दि म्याच, बेष्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्ट्राईकर, राईजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५५०० प्राप्त गर्नेछन्।
कुल अनुमानित बजेट २४ लाख १८ हजार ३ सय ३५ रुपैया रहेको सो प्रतियोगिताको समापन समारोहमा १ जना उत्कृष्ट पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। हालसम्म गोधुली रनिङकप धरान १९ नं वडाले सर्वाधिक ६ पटक जितिसकेको छभने ८ नं वडा र १७ नं वडाले ४/४ पटक जितेको छ।