बुढासुब्बा मन्दिरमा चलचित्र “लडाइ पहिचानको” शुभमुर्हत (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिर परिसरमा चलचित्र “लडाइ पहिचानको” शुभमुर्हत गरिएको छ।
विशेषगरी पहिचान र अस्तिवको मुद्धा बोकेको चलचित्र “लडाइ पहिचानको” बिहिवार साँझ एक समारोहका बिच शुभमुर्हत गरिएको हो। चलचित्रमा दुई दशक अघिका चर्चित नायक ÷नायिका धिरेन शाक्य र करिष्मा मानन्धर देखिने भएका छन्।
प्रहरी डिएसपीको भूमिका रहेका धिरेन शाक्य र पत्रकारको भूमिकामा रहेकी करिष्मा मानन्धरको डाइलग सहित चलचित्रको शुभारम्भ गरिएको थियो। जसमा याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याङ्वोले क्ल्याप लिएका थिएभने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष तथा निर्देशक समाजका महासचिव अरुण प्रधानले निर्देशन गरेका थिए। यसैगरी पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले नरिवल फोडेका थिए।
शुभमुर्हतमा पत्रकारको भूमिकामा रहेकी अभिनेत्री करिष्मा मानन्धरले प्रहरी डिएसपीको भूमिका रहेका धिरेन शाक्यलाई “यसरी तपाईले हातमा हात बाँधेर बस्नुभयो भने नोगेनले कसरी न्याय पाउछ? भनि प्रश्न गरेका थिए। जवाफमा अभिनेता धिरेन शाक्यले “कानुनले मेरो हात बाँधिदिएको छ, म कानुनको अगाडी विवश छु।” भनी आफ्नो लाचारीपन प्रस्तुत गरेका थिए। तत्काल अभिनेत्री करिष्मा थप प्रश्न गर्छिन् “एउटा अपराधीले अपराध गरेर पुनः त्यही पदमा पुर्नबहाली हुन्छभने एउटा नागरिकले आफ्नो पहिचान खोज्न नहुने? आफ्नो अधिकारका लागी उसले आफ्नो छाती थाप्नु पर्ने?”
निर्देशकको कट.. कट… संँगै दर्शक दिर्घाबाट पर्रररररर… तालिको आवाज आउछ, चलचित्रको शुभमुर्हत हुन्छ।

विशेषगरी १ न.ं प्रदेशमा पहिचानको मुद्धा दरिलो रुपमा अगाडि उठिरहेको बेला यस चलचित्रले नाम अनुसारको पहिचानलाई मुख्य मुद्धा बनाएको देखिन्छ। चलचित्रका निर्देशक भिम लामाले चलचित्रमा पहिचान र अस्तित्वको विषयलाई गम्भीर रुपमा उठान गरिएको बताए। उनले सबैजातीको पहिचान हुनुपर्छ भनेर पहिचानलाई केन्द्र बिन्दु बनाई चलचित्र निर्माण गरिएको बताए। उनले भने “१ नं प्रदेशमा पहिचानको मुद्धा धेरै उठेकाले चलचित्रमा पहिचान समेटिएको हो। हरेक कुराको पहिचान हुन्छ त्यसको अस्तित्व हुनुपर्छ भनेर चलचित्रमा उठान गरिएको छ।सबैको विश्वासको आस्थाका केन्द्र बुढासुब्बा मन्दिर पनि समुदायको धार्मिक आस्था संगै पहिचान पनि गाँसिएकाले बुढासुब्बा मन्दिरमा नै चलचित्रको शुभ मुहर्त गरिएको निर्देशक लामाको भनाई छ। उनले १ न.ं प्रदेश भरी १ महिना लामो समय लगाएर छायांकन गरिने समेत जानकारी दिए।
चलचित्रको शुभमूहर्त कार्यक्रममा प्रमुख अतिथी नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष तथा निर्देशक समाजका महासचिव अरुण प्रधानले नाम अनुसारको चलचित्र पहिचान सबै चलचित्रको पहिचान र अस्तित्व होस् भन्ने कामना गरे।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि यस चलचित्रले नेपाली चलचित्रलाई प्रतिनिधित्व गरोस् भन्ने शुभकामना दिए।
यसैगरी अभिनेत्री करिष्मा मान्धरले स्थानिय स्तरमा चलचित्र छयांकन हुँदा सबैसँग सम्बन्ध बिस्तार गर्न ठूलो सहयोग पुग्ने बताईन्। उनले आफुलाई धरान एकदमै मनपर्ने ठाउँ भएको बताउँदै यस चलचित्रमा जोडिन पाएकोमा खुसी लागेको समेत बताईन्। त्यस्तै अभिनेता धिरेन शाक्यले धेरै समयको अन्तरालमा आएर यस चलचित्रमा जोडिन पाउँदा आफुलाई खुसी लागेको बताए।
चलचित्रमा अभिनेता धिरेन शाक्य, अभिनेत्री करिष्मा मानन्धरसँंगै द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, ईण्डियन आईडल प्रशान्त तामाङ, चरित्र अभिनेता सुरविर पण्डित, धरानका चर्चित कलाकार प्रेम सुब्बा, जेनी घिसिङ, किशोर सम्हाम्फे, शर्मिला राई, रोशन शर्मा लगायतको अभिनय रहने भएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)