यले दोङको अवसरमा थ्री वाई थ्री बास्केटवल प्रतियोगिता हुने

दिव्य रोशनी(धरान)/ किरात नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ।
माघ १ लाई यलम्बर संवतको रुपमा नयाँ वर्ष मान्दै आइरहेको किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन। किराति नयाँ वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केटबल प्रतियोगिता आयोजना हुन लागेका हो।
प्रतियोगिताका बिजेताले पुरुषतर्फ नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी महिला तर्फका बिजेताले नगद २० हजार र उपबिजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका महिला पुरुष उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर उपाधि बिजेताले नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा धरानसंँगै धरान आसपासका क्षेत्र तथा जिल्लाका तरहरा, इटहरी, झापा, मोरङ, धनकुटा लगायतबाट करिव ४० टिमले सहभागिता जनाउने बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए। गत वर्ष पुरुष तर्फ ब्रदस क्लब र महिलातर्फ धरान मेघा हिमालयन कलेजले उपाधि जितेका थिए।(दिव्य रोशनी साप्ताहिकबाट)