जुनियर मिस्टर एण्ड मिस धरानको उपाधी क्रिसिभ र सम्रिनलाई

दिव्य रोशनी(धरान)/ जुनियर मिस्टर एण्ड मिस धरानको उपाधी क्रिसिभ अग्रवाल र सम्रिन बास्तोलाले जितेकी छन्।
बिहिवार धरान १३ स्थित धरान बैंक्वेट हलमा आयोजित ग्राण्ड फिनालेमा आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै क्रिसिभ र सम्रिनले उपाधी जितेका हुन्। प्रतियोगितामा पुरुष तर्फ क्रिसिभ अग्रवालले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ट्रफि सहित २५ हजार नगद र ३ लाखको बिमा ईन्सुरेन्स सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे।


यसैगरी प्रतियोगितामा आयान मोहरा फस्ट रनरअप र दिप्सन राई सेकेण्ड रनरअप घोषित भए। उनीहरुले ट्रफि सहित क्रमशः नगद १५ र १० हजार सहित २ लाख र १ लाखको बिमा ईन्सुरेन्स सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे।
यस्तै प्रतियोगितामा महिलातर्फ सम्रिन बास्तोलाले उपाधीसंँगै ट्रफि, २५ हजार नगद र ३ लाखको बिमा ईन्सुरेन्स सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन्। यसैगरी प्रतियोगितामा प्रशंसा लिम्बु फस्ट रनरअप र निनम राई सेकेण्ड रनरअप घोषित भईन्। उनीहरुले क्रमशः नगद १५ र १० हजार सहित २ लाख र १ लाखको बिमा ईन्सुरेन्स सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे।
यसैगरी प्रतियोगितामा पब्लिक चोईस तर्फ दिव्या लिम्बु र दिप्सन राई घोषित भएभने भोटिङ स्टारतर्फ चासुम राई र दिप्सन राई घोषित भए। बिजेताहरुलाई प्रतियोगिताका मुख्य निर्णायक मिस्टर वल्र्ड नेपाल २०२४ का सन्तोष लोक्सुम, अर्किड फेमिली सलुन एकेडेमीका डाईरेक्टर मिसेस रक्तिम जोशी, मिस्टर नेपाल वल्र्ड २०२४ का फस्ट रनरअप आदेश प्रधान र किण्डरपिलर एकेडेमीका डाईरेक्टर तथा प्याब्सन सुनसरीका कार्यसमिती सदस्य श्रुती शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए।
ड्रिम मोडलिंग एजेन्सी ईटहरीको आयोजनामा भएको जुनियर मिस्टर एण्ड मिसेस धरानको यो चौथो संस्करण हो। प्रतियोगितामा धरानका ७ बर्षदेखी १४ वर्ष सम्मका बालबालिकाहरुले सहभागिता जनाएका थिए। उनीहरुलाई छनौट चरणपछि १ महिना प्रशिक्षण कार्यक्रममा सहभागिता गराईएको थियो। जसमा पर्सानालिटी डेभलपमेन्ट, गुड क्यरियर, गुड टच ब्याड टच, ओरियन्टेसन क्लास, श्रामदान, सुधारबार सहित एन्टि ड्रग्स कार्यक्रममा सहभागिता गराईएको प्रतियोगिताका ईभेन्ट डाईरेक्टर निश्चल पालिखेले बताए।


कार्यक्रममा प्रमुख अतिथी धरान उप–महानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राई रहेका थिए। उनले भविष्यको कर्णधारका रुपमा रहेका बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागी यो एउटा राम्रो प्लेटफर्म भएको बताए। सोहीक्रममा नगर प्रमुख राईले प्रतिस्पर्धी नानीबाबुुहरुले डाक्टर मात्रै बन्ने लक्ष्य लिएकोले सबैजना डाक्टर मात्र नभई देश हाँक्ने कुशल राजनीतिज्ञा बनाउन प्रेरित गर्नुपर्ने कुरा आयोजकलाई सुझाव दिए।
आयोजक ड्रिम मोडलिंङ एजेन्सीका सिईओ सौरभ भण्डारीले सबैको सहयोग र सहकार्यले प्रतियोगिता सफल रुपमा सम्पन्न भएको बताए। (दिव्य रोशनी साप्ताहिकबाट)