प्रहरीको सक्रियताका कारण लागुऔषध कारोबारीहरु पक्राउ पर्दै

दिव्य रोशनी(धरान)/
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक प्रकाश जबेगुले प्रहरीको सक्रियाताका कारण धरानमा लागुऔषधका कारोबारीहरु धमाधम पक्राउ पर्न थालेको बताएका छन्।
बिहिवार ईलाका प्रहरी कार्यालय धरानद्धारा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतः नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक जबेगुले सो कुरा बताएका हुन्। उनले प्रहरीको सक्रियता बढेसँंगै लागुऔषध कारोबारीहरु पक्राउन पर्न थालेपछि विगतका भन्दा धेरै धरानमा लागुऔषध प्रयोगकर्ताहरु देखिएको बताए।
ईप्रका धरानका प्रमुख समेत रहेका प्रनाउ जबेगुले प्रतिवेदन प्रस्तुत गर्दै २०७८ सालदेखी २०८१ सम्म तीन आर्थिक वर्षसम्म सबैभन्दा बढी अभद्रमा मुद्धा दर्ता भएकोमा यस आर्थिक वर्ष २०८१/०८२ को ६ महिना अवधीमा सबैभन्दा बढी लागुऔषधमा मुद्धा दर्ता भएको बताए। उनका अनुसार यस आर्थिक वर्ष २०८१/०८२ मा लागुऔषधमा ६३ वटा मुद्धा दर्ता भएका छन्। जसमा १०५ जना पुरुष र १२ महिला गरी ११७ जना पक्राउ परेका छन्। यसैगरी अभद्र व्यवहारमा ४ वटा मुद्धा दर्ता भएकोमा ५ पुरुष पक्राउ परेका छन्।
यस्तै ज्यान मार्ने उद्योगमा १ वटा मुद्धा दर्ता हुँदा ५ जना पुरुष पक्राउ परेका छन्भने सवारी ज्यानमा २१, चोरीमा ४, जबरजस्ती करणी २ र बैंकिङ कसुरमा २ जना पक्राउ परेका छन्।
यस्तै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। जसमा ५ पुरुष १ बालक र १ बालिका रहेका छन्भने आत्महत्याका घटनामा झुण्डिएर १९ जना र १ जनाको विष सेवनगरी मृत्यु भएको छ। यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी परेको उजुरीमा घरेलु हिंसा ४५ वटा मुद्धामा ४३ मुद्धा संख्या फस्र्यौट भएको र २ बाँकी रहेको छभने ठाडो उजुरी ८२ रहेकोमा ७९ संख्या फस्र्यौट भई ३ बाँकी रहेको छ।
यसैगरी प्रनाउ जबेगुको प्रतिवेदनमा ठाडो उजुरी दर्ता संख्या २४८ रहेकोमा २२५ फस्र्यौट भई २३ बाँकी रहेको र अनलाईन ठगी उजुरी संख्या २० रहेकोमा १५ फस्र्यौटभई ५ बाँकी रहेको छ। त्यस्तै २०८१÷०८२ मा १०८ जना फरार प्रतिवादी पक्राउ गरी ९ लाख १३ हजार ३ सय ६९ रुपैयाँ जरिवाना असुल गरिएको पनि प्रनाउ जबेगुको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा प्रनाउ जबेगुले प्रविधिको विकास सँगै साईबर क्राईम बढ्दै गएको र विभिन्न फेक आईडी बनाएर गाली गलौज गर्नेहरुलाई कारवाही गर्ने प्रकृया अगाडी बढाईएको बताए। उनले धरानमा यौन व्यवसायलाई निरुत्साहित गर्न ३ वटा होटलमा रेड हानेर २ जनालाई कारवाहीको प्रकृया अगाडी बढाईएको समेत जानकारी दिए। धरानमा देखिएका सुरक्षा चुनौतीका लागी ४ वटै नाकामा सिसि क्यामरा जडान गरिने बताउँदै प्रनाउ जबेगुले कोही कसैलाई शान्ति सुरक्षामा समस्या देखिए तुरुन्त प्रहरीलाई खबर गर्न समेत आग्रह गरे।


कार्यक्रममा सामुदायिक सुरक्षा जालोकी अध्यक्ष प्रेम कुमारी राईले टोलमा लागुऔषध दुव्यर्सनीहरु बढेको बताउँदै सम्झाई बुझाई गर्दा गाली बेईजेती गर्ने, “पुलिसले त सकेन तिमीहरुले के गर्न सक्छौ” भन्दै धम्किदिने गरेको बताईन्। उनले लागुऔषध कारोबारमा पक्रिएकाहरु जेलबाट छुटेर आएपछि पुनः पहिलेकै कार्यमा सक्रिय रहने गरेको बताउँदै खत्री धारा जंगलतिर दुव्र्यसनीहरुको झुण्ड बढेको बताईन्।
यसैगरी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बुले यस्ता कार्यक्रम प्रत्यक्ष नागरिकसँंग सरोकार राख्ने भएकाले प्रतिनिधीमूलक भन्दा पनि जनतासम्म पुग्ने सार्वजनिक स्थलमा भए व्यापकता पाउने बताए। उनले आगामी दिनहरुमा सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गरिनुपर्ने सुझाव समेत दिए। सोहीक्रममा नगर अध्यक्ष लिम्बुले प्रविधिको युगमा आईरहँदा यसको अधिकत्तम दुरुपयोग भईरहेको बताउँदै धरानको केशमा जटिलता उत्पन्न छाएको समेत बताए। उनले कुनै विषयमा आफ्नो धारणा राख्दा सामाजिक संजालमा श्रद्धान्जली लेखिने गरेको बताउँदै प्रविधिले भौतिक रुपमा भन्दा बढी मानसिकरुपले आक्रमण गर्ने गरेको बताए। साथै उनले नगर प्रमुख एकातिर र राजनीतिक दल, संघ संस्था एकातिर भएको बताउँदै सम्पूर्ण स्टेक होल्डरसँंग समवन्य र सहकार्य गर्ने सुझाव दिए।
कार्यक्रममा शिक्षा निकेतन माविका प्रधानाध्यापक उमेश गुरागाईले विद्यालय नजिक १०० मिटर वरपर सुर्तिजन्य र मादक पदार्थ सेवन बेचविखन गर्न नपाउने नियम भएपनि कार्यान्वयन नभएको बताएभने पत्रकार स्वर्णिमहाङ फोम्बोले सहकारी ठग भन्दै आएकाले वास्तवमा सहकारी ठगी गर्ने संचालक कि ऋण तीर्न नसक्ने चै ठग हुन्? भनी जिज्ञासा राखे।
यसैगरी नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेलले ईलाका प्रहरी कार्यालय धरानको लागी जग्गाका लागी भएको पहल र माछाभौडीको सडक कहिले बनाउने? भनि प्रश्न गरेभने धरान ५ देउरालीका कविचन्द्र याक्खाले अस्थायी प्रहरी पोष्टलाई स्थापी बनाउन पहलका लागी अनुरोध गरेका थिए। त्यस्तै पत्रकार निमा पोङ्सुवाले मेयर साम्पाङको लागुऔषधबारे सचेतामूलक अभियान कार्यक्रममा प्रहरीको पनि सहकार्य हुनुपर्ने, आसरा सुधार केन्द्र पानवारीका प्रथम उपाध्यक्ष शिला बज्रचार्यले लागुऔषध दुव्र्यसनमा लागेकालाई सिपमूलक तालिमको माग राखेकी थिईन्।
यस्तैगरी महिला संजाल धरानकी अध्यक्ष सपना राईले सर्दुजलाधार क्षेत्र भनि रोक्का भएको जग्गाको फुकुवाबारे प्रश्न गरेकी थिईन्भने बालसंजाल कोशी प्रदेश समितीका सदस्यले बालबालिकाको लागि स्थानिय सरकारले कुल बजेटको १५ प्रतिशत बजेट नछुट्याएको आरोप लगाए। त्यस्तै जसपा नेपाल धरानका प्रतिनिधी रन्जित राईले धरानलाई लागूऔषध दुव्र्यसनको हब हुन नदिन कडाई गरिनुपर्ने बताएभने पत्रकार संजिता धमलाले धरानमा दिनप्रतिदिन एचआईभी संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेकाले उपमहानगरले प्रभावकारी कार्ययोजना ल्याउनुपर्ने माग राखेकी थिए। यसैगरी कृयाशिल पत्रकार महिला सुनसरीका अध्यक्ष मनिता चाम्लिङले दक्षिण एसियामै कहलिएको विपी प्रतिष्ठानमा उपचारका लागी आउने सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै हेल्प डेस्कको आवश्यक्ता भएको बताईन्। कार्यक्रममा सहभागिहरुले लागुऔषध, शान्ति सुरक्षा, जग्गा रोक्का, सहकारी समस्या, मदिरा तथा सुर्तीजन्य पदर्थ, बालबालिका, नागरिकता, साईबर सेक्युरिटी लगायतका विषयहरुमा जिज्ञासा राखेका थिए।
सहभागिहरुको जिज्ञासालाई सम्बोधन गर्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मी रेग्मीले जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता दिलाउन बुवा आमा दुवैको नागरिकता हुनेपर्ने प्रावधानले गर्दा धेरैजना नागरिकता पाउन बञ्चित रहेको बताए। उनले गृह मंत्रालयका सहसचिव लोकराज पाण्डेको नेतृत्वमा कसरी नागरिकता वितरणमा सहजता हुन्छ भनेर समिती गठन गरी निर्देशिका तयार गरी गृहंन्त्रालयमा बुझाईसकेकाले अब मन्त्रीपरिषदबाट पास भएर आएपछि कार्यान्वयनको चरणमा जाने समेत बताए।
यसैगरी धरानका उपमेयर अईन्द्र विक्रम बेघाले जनताको नजिक रहेको स्थानिय सरकारसंँग जनताले बाटोघाटो बनाउने माग बढी गरेका कारण बालबालिको लक्षित बजेट कम भएको जानकारी दिए।


सहभागीहरुको जिज्ञासालाई समेट्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुक आईडीसँंग मिल्दो ुल्दो अन्य फेक आईडी देखिएकाले ब्लु टिक मागेपनि नपाएको बताए। उनले अरुलाई गाली गर्ने मेरो समर्थक हुनै नसक्ने बताउँदै “यदि तपाईहरु मेरो समर्थक होभने अरुलाई गाली गलौज नगर्नु होला, अरुलाई गाली गर्ने मेरो समर्थक होईन्। मेरो समर्थक हो भन्ने, अनी अरुलाई रिप लेख्ने, कहिले हार्दिक श्रद्धान्जली लेख्ने, त्यस्तो कुराले म दुःखी हुन्छु, यसले मलाई बदनाम गराउँछ। यदि मेरो सच्चा समर्थक हुनुहुन्छभने आज उप्रान्त कसैलाई पनि गाली नगर्नुस्” मेयर साम्पाङले भने।
सोहीक्रममा मेयर साम्पाङले नगरपालिका एकलौटी हिंडेको भन्ने आरोपको खण्डन गर्दैै उपप्रमुख लगायत वडाअध्यक्षहरु दलकै भएकाले सबैसँंगै सहकार्य भईरहेको समेत बताए। उनले धरानको विकास र समृद्धिका लागी राजनीतिक दलहरुसंँगपनि सहकार्य गर्दै आएकाले आगामी दिनहरुमा पनि सहकार्य गर्दै जाने बताए। (दिव्य रोशनी साप्ताहिकबाट)