रेवाहाङ मेमोरियल बास्केटवलःधरान मेघा ए, सियोन, होलिल्याण्ड र टावर टेम्पल सेमिफाइनलमा
धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ ।
बुधवार भएको क्वाटरफाइनल खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाइ ४९-४३, सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१-१५, होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५१-३० र टावर टेम्पलले कार्मेल हाइ स्कुललाइ ९६-२७ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा ए र धरान आदर्शले प्रत्येक क्वाटरमा १८–९, ६–७, ९–१७ र १६–१० अंक जोडेका छन । दोस्रो खेलमा सियोन र बिजयपुर स्कुलले १९-१५, ७-०, १३-८, र १२-७ अंक जोडेका थिए । तेस्रो खेलमा होलिल्याण्ड र डिपो स्कुल ए टिमले प्रत्येक क्वाटरमा १२-२, १८-१०, ११-८ र १२-६ अंक जोडेका थिए । यसै गरि अन्तिम क्वाटरफाइनल खेलमा टावर टेम्पल झापाले कार्मेल स्कुलले प्रत्येक क्वाटरमा २७–६, १९–५, २२–१२ र २८–४ अंक जोडेका थिए ।
बिहिबार हुने पहिलो सेमिफाइनल खेलमा धरान मेघा ए टिम र सियोन स्कुल र दोस्रो सेमिफाइनल खेल टावर टेम्पल स्कुल झापा र होलिल्याण्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ ।
१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा धरान बास्केटबल संघ, सुनसरि बास्केटबल संघ र रेवाहाङ रुछेन्बुङ राई स्मृती प्रतिष्ठानको बिशेष सहयोग रहेको छ ।