धरानमा पाँचदिने चासोक तङ्नाम उत्सव शुरु

दिव्य रोशनी(धरान)/ किरात याक्थुङ चुम्लुङद्वारा धरान उपमहानगर समितीद्धारा आयोजित पाँचदिने चासोक तङ्नाम शुरु भएको छ।
आदिवासी समुदायको उधौली पर्वमा मङ्सिरे पूर्णिमाको दिन आइतबार देखी धरानमा चासोक तङनाम उत्सव सुरु भएको हो । चासोक तङनामको अवसरमा आईतबार बिहान लिम्बु च्याबु्रङ सहितको सांस्कृतिक र्यालीको आयोजना गरिएको थियो। धरानको छाता चौकबाट सुरु भएको वृहत् र्यालीले भानुचौक हुँदै चासोक उत्सव स्थल चुुम्लुङ हिम पुगेको थियो।


यस अघि च्याबु्रङ सहितको टोलीले धरान ८ सिरिजंगा चौकमा पुगी सिरिजंगाको पूर्णकदको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियोभने धरान १४ विजयपुर स्थित किरातकालिन लिम्बुवानका राजाको दरबार स्थलमा समेत चासोकको पूजा अर्चना गरेको थियो ।
प्रकृति पूजक लिम्बू र याक्थुङ समुदायले नयाँ अन्न पाकेपछि प्रकृतिलाई चढाएर पूजा अर्चना गरेपछि मात्र उपभोग गर्दछन् । उनीहरू कृषि युगमा प्रवेश गरेपछि सुरु भएको धार्मिक संस्कार सामूहिक चासोक पर्वको रूपमा विकास भएको हो।


धरानमा हरेक वर्ष किरात याक्थुङ चुम्लुङको आयोजनामा चुम्लुङ हिम परिसरमा सांस्कृतिक उत्सव समेत हुँदै आएको छ ।आईतबार देखी सुरु भएको चासोक तङनाम उत्सव पुष ४ गते सम्म संचालन हुने चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले बताए। उनले चासोक उत्सवमा २१ वटा व्यवसायिक स्टलहरू राखिएको बताउँदै प्रत्येक साँझ राष्ट्रिय कलाकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना हुने समेत बताए।
अध्यक्ष मादेम्बाका अनुसार यसपालि लिम्बु समुदायको लोकप्रिय “धान नाच” च्याब्रुङ र परम्परागत खेलकुद प्रतियोगिताको समेत आयोजना हुने भएको छ।