ज्येष्ठ नागरिकहरु नाचे छम्छमी
मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/ जिवनको उत्तराद्र्धमा दिनभरी घरमै एक्लै बस्नुपर्दा ज्येष्ठ नागरिकहरुमा एक्लोपनको पीडा हुने गर्दछ। तर त्यही एक्लोपनको पीडालाई केही छिनभएपनि भुलाउन धरान उपमहनगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले ज्येष्ठ नागरिकहरुका लागि मनोरञ्जनात्मक कार्यक्रम लिएर आएका छन्।
हरेक महिना धरानको कुनै एक वडामा हुने यस कार्यक्रमले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जनका साथै एकआपसमा भलाकुसारी गर्ने अवसर समेत जुराएको छ।
सोहीक्रममा बुधवार धरान ६ पानवारीका सयौंको संख्यामा ज्येष्ठ नागरिकहरु सरस्वती माध्यमिक विद्यालय पानवारीको प्राङ्गणमा दिल खोलेर मेयर साम्पाङसँंग एकैसाथ छम्छमी नाचेका छन्। मेयर साम्पाङको परिकल्पनामा धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउने कार्यक्रम धरान ६ पानवारीमा आयोजना गरेको थियो।
कार्यक्रममा आफ्नो उमेरको समेत हेक्का नरहेकी आईत शोभा रम्तेल (अन्दाजी ७५ वर्ष) सबैजना वृद्धवृद्धाहरु नाच्न थालेपछि उनीपनि नाच्न थालिन्। उनले संगिनी गीत पनि गाईन्। हेर्दा लाग्थ्यो उनी वर्षौ देखिको आफ्नो नाच्ने रहरलाई पुरा गर्दैछिन््। “कस्तो लाग्यो आमा?” यो पंक्तिकारको प्रश्न भुँईमा खस्न नपाउँदै उनले भनिन् “एकदमै रमाईलो भो नानी, आज मेयरसाब पनि आउनु भयो, सबैजना रमाईलो संँग नाच्यौं”। उनी कार्यक्रमको अन्तिम समयसम्म पनि घरि नाचगान गर्दै घरी थकाई मार्दै बसेका थिए। उनले भनिन् “म अलि अलि रौसे पनि छु, त्यही भएर होला, अहिले सम्म यही छुु। नाचगान पनि गर्यौ, संगिनी पनि खेले, साहैं राम्रो लाग्यो।”
मेयर साम्पाङको ज्येष्ठ नागरिकहरुसँंग मनोरञ्जनात्मक कार्यक्रम कसलाई पो नराम्रो लाग्ला र ? सबैजना हाँसी खुसी दिल खोलेर मेयर साम्पाङ संँगै छम्छमी नाचेका थिए। यसैगरी ज्येष्ठ नागरिक कमला आचार्यले पहिले पहिले (वडा, संघ÷संस्था) कोठाभित्र कार्यक्रम भएपनि यसपटक खुल्ला ठाउँमा भएर होला एकदमै रमाईलो भएको बताईन्। उनले सबैजना ज्येष्ठ नागरिकहरु भेला भएर रमाईलो गर्दा मनमा आनन्द लागेको बताईन्। त्यस्तै धरान ६ नं. वडाकै नन्द बहादुर पौडेलले पानवारीमा पहिलोपटक यसरी खुल्ला ठाउँमा ज्येष्ठ नागरिहरुसंँग नाचगानका कार्यक्रम भएको बताए। उनले भने “पहिला पहिला यस्ता कार्यक्रमहरु हँुदैनथ्यो। यसपटक पहिलो चोटी रमाईलो भयो।” उनले आफुले लगाएको मोफलरलाई देखाउँदै भने “केहि महिना अघि मेयरसाबले लौरो र मफलर पनि दिनुभएको यही हो। यसपटक त झनै हामीसँंग आएर मजाले नाच्नु भो, हामी पनि नाच्यौं, हामी सबैजना खुसी।” त्यस्तै उनका सहोदर भाई दिल बहादुर पौडेलले पनि मेयरसाबले ज्येष्ठ नागरिकहरुलाई धेरै राम्रो गरेको बताउँदै आफुलाई पनि एकदमै मनपर्ने बताए। उनले ज्येष्ठ नागरिकहरुका लागी भवन बनाउन पाएमा औधी राम्रो हुने बताए। उनले भने “मेयरसाब प्रति हामीलाई धेरै आशा छ।” त्यस्तै अर्का पदम बहादुर पौडेलले यसअघि नभएको रमाईलो यसपटक मेयर साम्पाङसंँग रमाईलो भएको बताए।
यसैगरी राजकुमारी गौतम र कुमारी पौडेलले पनि पहिलोपटक पानबारीमा मेयर साम्पाङको ज्येष्ठ नागरिकहरुसंँगको कार्यक्रम आउदा साहै्र रमाईलो लागेको बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम हुनुपर्ने ईच्छा प्रकट गरेका थिए। उनीहरुले यस्ता कार्यक्रमले भित्रैबाट मन हौसिएर रमाईलो र खुसी हुने समेत बताए। त्यस्तै अर्का ज्येष्ठ नागरिक राममाया विकले मेयर साम्पाङसँंग नाचगान गर्दा एकदमै रमाईलो लागेको बताउँदै आगामी दिनहरुमा पनि यसरी नै नाच्न गाउन पाईयोस् भन्ने कामना गरे।
यसैगरी भगवती बस्नेतले स्थानिय सरकारले अहिलेसम्म नगरेको यस्तो कार्यक्रम मेयर साम्पाङले गरेकोमा औधी खुसी लागेको बताउँदै भनिन्–“यस्तो कार्यक्रम पहिला हुदैनथ्यो, मेयर साबसँंगै हामी जेष्ठ नागरिकहरु नाचगान गर्न पाउदा एकदमै खुशी र रमाईलो लागेको छ।” त्यस्तै विद्या कट्वालले पनि मेयर साम्पाङ संँगै सबै ज्येष्ठ नागरिकहरुसंँग नाचगान गर्न पाउदा खुसी लागेको बताईन्। उनले भनिन्. “एकदमै रमाईलो भो, हाँस्न पाईयो, नाचगान र रमाईलो गर्न पाईयो। मेयर साम्पाङ सँंग पहिलोपटक भेट पनि भयो। एकदमै रमाईलो भयो।”
कार्यक्रममा ज्येष्ठ नागरिकहरुले नाटक पनि मञ्चन गरेका थिए। जसमा मनोरञ्जनका लागी घर बाहिर जान खोज्दा बुहारीले जान नदिएको अन्तमा छिमेकीहरु मिलेर वृद्धा आमालाई लिएर गएको कारुणिक नाटक पनि प्रस्तुत गरेका थिए। यसैगरी ज्येष्ठ नागरिकहरुले नाचगान संँगै भजन किर्तन र संगिनी नृत्य पनि प्रस्तुत गरेका थिए।
कार्यक्रमका सभापति ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र धरान ६ का अध्यक्ष कृष्ण प्रसाद तिम्सिनाले ज्येष्ठ नागरिकहरुका लागि भवन र पार्क नहुँदा नजिकैको शिव मन्दिरमा गएर छलफल र भलाकुसारी गर्न बाध्य भएको बताए। उनले स्थानिय सरकारबाट ज्येष्ठ नागरिकको भवन बनेमा आगामी वर्ष आफ्नै प्राङ्गणमा बसेर मेयर साब सँंग छमछमी नाच्न पाउने चाहना राखेको बताए।
यसैगरी विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद धमलाले यस्ता मनोरञ्जनात्मक कार्यक्रम हरुले ज्येष्ठ नागरिकहरुलाई मानसिक र शारिरीक रुपमा स्वास्थ्य बनाउन मद्धत मिल्ने बताए। उनले ज्येष्ठ नागरिकहरुसंँग लामो समय सम्मको अनुभव रहेकाले जेष्ठ नागरिकहरुबाट धेरै सिक्न पाईने बताउँदै जेष्ठ नागरिकहरुलाई सबैले खुसी राख्न सक्नुपर्ने बताए।
यसैगरी कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य देवीमाया विकले बुवाआमाहरुको मुहारमा सबैले सकेको खुसी ल्याउने प्रयास गर्नुपर्ने बताउँदै बुवाआमालाई रुवाएर मन्दिर दर्शन गर्न जानुको कुनै अर्थ नहुने बताईन्। उनले अहिले वृद्धाआश्रममा हेर्नेहोभने त्यस्तै वृद्धबुवाआमाहरुको भिड बढ्न थालेको बताईन्। उनले भनिन् “बुवाआमाहरुले १० जना सन्तानहरुलाई अटाउन सक्छन् तर १० जना सन्तानहरुले एकजना बुुवाआमालाई अटाउन नसक्ने वातावरण बनाउनु हुँदैन।” उनका अनुसार अहिले ६ न.ं वडा कार्यालयले ज्येष्ठ नागरिकहरुका लागी २ वटा समूह बनाएको छ, एउटा ज्येष्ठ मिलन केन्द्र र अर्को ईन्द्रप्रस्थ मिलन केन्द्र।
यसैगरी वडाअध्यक्ष भुपेन्द्र भट्टराईले ज्येष्ठ नागरिकहरुका लागी वडाले कहिलेकाही यस्ता मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएपनि उपमहानगरबाट पहिलोपटक यस्तो कार्यक्रम संचालन भएको बताए। “आमाबुवा जिउदा देउता हुन्। मठमन्दिरलाई पुज्दा पुज्दै आफ्नै घरको जिउदा देवतालाई पुज्न बिर्सिएको पो हो कि भन्ने पनि लागेको छ।” उमेर छँदा जहाँ पुग्नसकेपनि ज्येष्ठ नागरिक भएपछि भने आँगन पनि बिरानो लाग्ने उनले बताए। उनले भने “उहाँहरुलाई घुम्न रमाईलो गर्नपनि ठाउँ बनाईदिनु पर्नेरहेछ। हामीले अहिले पार्कहरु बनाउन नसकिए भोली हामीलाई पनि समस्या त्यही पर्ने रहेछ।” वडाअध्यक्ष भट्टराईले भने–“वडामा प्रशस्तै सरकारी जग्गाहरु रहेका छन्, मेयर साबले चाहनु भएमा त्यहाँ ज्येष्ठ नागरिकहरुका लागि पार्कहरु बनाउन सकिन्छ।” अध्यक्ष भट्टराईले यस्ता कार्यक्रमहरु ६/६ महिनामा राखेर ज्येष्ठ नागरिकहरुका गुनासाहरु राख्न सकियोस् भन्ने उद्ध्ेश्यले कार्यक्रमहरुको आयोजना गरिनुपर्ने समेत बताए।
कार्यक्रमका प्रमुख अतिथी मेयर साम्पाङर्ले सम्बोधनकोक्रममा दिनभरी घरमै बस्दा बस्दा वाक्क दिक्क लाग्ने भएकाले जेष्ठ नागरिकहरुलाई समाजमा घुलमिल गराउन पनि यस्ता कार्यक्रमको आयोजना गरिएको बताए। उनले ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्नपनि पार्क तथा चौताराहरु निर्माण गरिनुपर्ने बताए।
मेयर साम्पाङले भने “जिवनको उत्तराद्र्धमा हामी ज्येष्ठ नागरिक भईरहँदा छोराछोरीसँंग समय हुँदैन रहेछ। पेशा, व्यवसाय, जागीर खानुपर्यो। त्यतीखेर ज्येष्ठ नागरिकहरुमा एक्लो महशुस हुने रहेछ। ज्येष्ठ नागरिकहरुलाई एकछिन भएपनि रमाईलो गर्न र समाजमा अझ घुलमिल गराउन यस्ता मनोरञ्जनात्मक कार्यक्रम लिएर आएका हौं।”
मेयर साम्पाङले श्रमदानबाटै सार्वजनिक जग्गामा एउटा जेष्ठ नागरिक पार्क बनाउने घोषणा समेत गर्दै भने–“अहिले श्रमदान कोकाहामा पुगेको छ, केही समयपछि दुई टोली ल्याएर भएपनि श्रमदानबाट पार्क बनाउँछौं।”
सोहीक्रममा मेयर साम्पाङले पार्क बनाएर ज्येष्ठ नागरिकहरुलाई हासी खुसी राख्ने बताए। उनले मान्छे खुसी भएन भने बिरामी हुने भएकाले उनीहरुका मनोरञ्जनका लागी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। “हाम्रा सयवटा समस्या छन्, सयवटा पुरा गर्न नसकेपनि ५÷१० वटा भएपनि पुरा गर्नुपर्छ। सकरात्मक विकास भनेको बिस्तारै पुरा हुँदै जाने हो” उनले भने। उपमहानगरको बजेट सानो भएकाले चाँडो विकास गर्न ट्याक्स बढाउनुपर्ने फेरी ट्याक्स भनेको पब्लिकले नै तिर्ने भएकाले बिस्तारै भएपनि धरान ६ न.ं वडालाई विकसित वडा बनाईने मेयर साम्पाङको भनाई थियो। साथै उनले ज्येष्ठ नागरिकको सेवा सुविधाका लागी वडा कार्यालय र उपमहानगरपालिका सदैव सचेत रहेको समेत बताए। (दिव्य रोशनी साप्ताहिकबाट)