शुक्रवार तिहारको कुनै पर्व छैन, शनिवार गाईगोरु पुजा, आईतवार भाईटिका
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ ।
यो वर्ष तिथिको घटबढका कारण औंसीका बेला सूर्योदय भएकाले शुक्रवारको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।
विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिसकिएको छ । शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा, शनिबार कात्तिक १७ गते परेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी कार्तिक शुक्ल द्वितीया कात्तिक १८ गते आइतबार परेको छ। दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ। टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।