अन्तर्राष्ट्रिय आमन्त्रण सञ्जिवनी फुटसल प्रतियोगिताको तयारी ९० प्रतिशत पुरा

दिव्य रोशनी (धरान)/ अन्तर्राष्ट्रिय आमन्त्रण सञ्जिवनी फुटसल प्रतियोगिताको तयारी ९० प्रतिशत पुरा भएको आयोजक सन्जिवनी केन्द्र धरानले जनाएको छ।
आज मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै धरान १३ स्थित सञ्जिवनी केन्द्रले सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले यही असोज ३, ४ र ५ गते धरानमा हुन लागेको तीन दिने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सञ्जिवनी फुटसल प्रतियोगिताको तयारी तयारी करिब ९० प्रतिशत पुरा भएको बताए। उनले सहभागी टिमका प्रतिनिधीहरुको उपस्थितीमा सोमवार साँझ प्रतियोगिताको खेल तालिका तयार गरिसकिएको समेत जानकरी दिए। उनका अनुसार प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिम गरी २४ टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछन्। जसमा ओपन रिकभरिङ तर्फ १४ टिम, भेट्रान रिकभरिङतर्फ ७ टिम र महिला रिकभरिङतर्फ ३ टिमले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष ताम्राकारले बताए।
प्रतियोगितामा धरान, बेलवारी, विराटनगर, मोरङ, चितवन, काठमाडौ, भारतको सिलगढी, सिक्कम,दार्जिलिङ, गान्तोक लगायतका टिमहरुको सहभागीता हुनेछ। कोशी प्रदेशका खेलकुद विकास बोर्डकाम सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)को प्रमुख आतिथ्यतामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा भारतको रिकभरिङ नर्थ सिक्किम र रिकभरिङ बेलवारी बिच प्रतिस्पर्धा हुनेछ।


प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेताले पुरस्कर नगद २ लाख, उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने छभने भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउने छ। त्यस्तै महिला तर्फका विजेताले प्रथम पुरस्कार २० हजार र दोस्रोले १० हजार पाउने अध्यक्ष ताम्राकारले बताए। उनले प्रतियोगिताको व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताए। यसैगरी ओपन रिकभरिङ प्रतियोगिता तर्फ सेमिफाईनल देखी म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिनेछ। हरेक खेलको म्यान अफ दि म्याचले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित बिबि फुट्सलमा हुनेछ।
२०६५ सालमा स्थापना भएको यस संजिवनी केन्द्रले युवाहरुलाई लागु औषध दुव्र्यसनीवाट मुक्त गराउन परामर्श दिदैं आएको छ। खेलको माध्यमबाट युवाहरुलाई कुलतबाट सचेत गराउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । केन्द्रले हाल सम्म धरान, पोखरा, काठमाण्डौ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागुऔषध दुव्र्यसनीमा फसेका दुईहजार भन्दा वढि युवाहरुलाई परामर्श तथा सेवा उपचार दिइसकेको जनाएको छ ।