सांगितीक प्रस्तुती दिन भिटेन धरान आउदै (भिडियो सहित)

दिव्य रोशनी (धरान)/ ५ वर्षपछि चर्चित र्याप गायक भीटेनले धरानमा साङ्गितीक प्रस्तुती दिने भएका छन्।
धरान पुनःस्थापित समूह सुनसरीको आयोजनामा “भिटेन लाइभ इन धरान” सांगितीक कार्यक्रममा र्यापर भिटेनले प्रस्तुती दिने भएका हुन्। सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष सरल उदासले यही अशोज ५ गते शनिवार धरानको रंगशालामा सांगितीक कार्यक्रम हुन लागेको जानकारी दिए। उनले सांगितीक कार्यक्रमबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएका धरानका लागुऔषध प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग गरिने बताए।


अध्यक्ष उदासका अनुसार सांगितीक कार्यक्रममा भिटेन संगै नमुना ब्यान्ड (विराट चौक), प्याराडाइज नेपाल ब्यान्ड (धरान), पुरानो कुपी ब्यान्ड (धरान) र मनास्लु डान्स सेन्टरको प्रस्तुति रहने छ।
यसअघि धरान पुनःस्थापित समूहले अन्तर्राष्ट्रिय आमन्त्रण फुटसल प्रतियोगिता र फेसन शो को समेत सफल रुपमा आयोजना गरिसकेको छ।