तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसलको ट्रफि सार्वजनिकःप्रतियोगिता प्रचारका लागि पत्रकार संग मैत्रिपुर्ण फुटसल

दिव्य रोशनी(धरान)/ यहि असोज ३ गते देखि ५ गते सम्म हुन लागेको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संञ्जीवनि फुटसल प्रतियोगिताको ट्रफि शनिवार नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुव्वा, पत्रकार महासंघ कोशि प्रदेश कमिटि सचिव देवेन्द्र कार्की, संञ्जीवनि केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफि सार्वजनिक गरेका थिए ।
प्रतियोगिता प्रचारका लागि ट्रफि सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संञ्जीवनि केन्द्र विच मैत्रिपुर्ण फुटसल समेत सम्पन्न भएको थियो । पत्रकार महासंघ टिम र आयोजक विच भएको मैत्रिपुर्ण खेल ४–४ गोलको बराबरीमा टुङ्गिएको थियो ।
तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको भिन्नभिन्नै प्रतिश्पर्धा हुनेछ । भेट्रान टिममा ४० वर्ष पुेगेका २ जना र वाकि खेलाडि ४० वर्ष माथिका हुनु पर्नेछ । प्रतियोगितामा धरान, पोखरा, काठमाण्डौ, चितवन, झापा, मोरङ्ग, भुटान, भारतका सिलगुडी, सिक्किम, डार्जिलिङ्ग, गान्टोक लगायत बाट टिमले सहभागिता जनाउने आयोजक संञ्जीवनि केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले जानकारी दिए ।


प्रतियोगितामा ओपन रिकभरिङ तर्फ प्रथम पुरस्कार नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ । भेट्रान तर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ । महिला तर्फ प्रथम पुरस्कार नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ। यसैगरि प्रतियोगिताका व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि ओपन रिकभरिङ प्रतियोगिता तर्फ सेमिफाइनल देखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ । म्यान अफ द म्याचले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अनुमानित वजेट १५ लाख रुपैया रहेको छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित विवि फुटसलमा हुनेछ।