मिसेस धरान आईकन २०२४ को उपाधी सगुनलाई(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ मिसेस धरान आईकन २०२४ को उपाधी विपी प्रतिष्ठान धरानकी चिकित्सक सगुन खनालले जितेकि छिन्।
शनिवार धरान १५ स्थित चुम्लुङ हिममा आयोजित ग्राण्ड फिनालेमा प्रतियोगिताका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१५ कि विजेता ईभाना मानन्धरले “मिसेस धरान आईकन २०२४ को ताज जित्नुभयोभने धरानको महिलाहरुको प्रतिनिधित्व कसरी गर्नुहुन्छ?” भन्ने प्रश्नमा “मैले उपाधी जितेभने महिलाहरुको व्यक्तित्व विकासका लागी समाजमा सचेतनात्मक अभियान चाल्ने छु” भन्ने सटिक उत्तर दिदै खनालले मिसेस धरान आईकनको उपाधी जितेकि हुन्। उपाधी संगै उनिले क्राउन सहित नगद ३० हजार प्राप्त गरेकि छिन्। साथै उनिले ५ लाखको बिमा सहित वान डे वान नाईटका लागी पोखरा होलिडेटुरको अवसर समेत पाएकि छिन्भने म्यागजिनमा पोष्टर सहितको अन्तरवार्ता सहित कुनै एक कम्पनिको सद्भावना राजदुत साथै राष्ट्रिय स्तरको मिसेस नेपालको प्रतियोगितामा सिधै सहभागिता जनाउने अवसर पाएकि छिन्। उनीले मिसेस ट्यालेन्ट र मिसेस ईन्टेक्च्युअलको सबटाईटल समेत पाईन्।


यसैगरी प्रतियोगितामा भगी लिम्बु फस्ट रनरअप घोषित भईन्। उनिले नगद २० हजारका साथमा २ लाखको बिमालेख सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनीले मिसेस क्याटवक र ग्लामरस लुक्सको सबटाईटल समेत जितिन्। उनि विपी प्रतिष्ठान धरानकी नर्स समेत हुन्। त्यस्तै प्रतियोगितामा लक्ष्मी राई सेकेण्ड रनरअप बनिन्। उनिले नगद १० हजारका साथमा २ लाखको विमालेख सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनीले मिसेस कन्फिडेन्टको सबटाईटल समेत पाईन्। उनि पेशाले शिक्षिका हुन्। यसैगरी सिन्धु सुब्बाले ५ हजार ६ सय ९० भोट बटुल्दै मिसेस पब्लिक च्वाईस घोषित भईन्। उनिले विशेष क्राउन सहित गिफ्ट ह्याम्पर पाईन्। उनीले मिसेस डिसिप्लिन र मिसेस मल्टिमिडियाको सबटाईटल समेत पाईन्। उनि पेशाले व्यावसायी हुन्। विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका निर्णायकहरु मिस नेपाल वल्र्ड २०१५ कि विजेता ईभाना मानन्धर, एशियन थाई फुड्स प्रालीका डाईरेक्टर जय श्री बग्रीजाजु, द हटी नटी अफ नेपालका अनुपम श्रेष्ठ, फेशन डिजाईनर सुनिता चौलागाई, मिसेस नेपाल वल्र्ड २०२३ कि विजेता पृथ्वी थापा लगायतले पुरस्कार वितरण गरेका थिए।


यसैगरी प्रतियोगिताको सबटाईटलहरुमा मिसेस व्युटिफुलमा लक्ष्मी लिम्बु, मिसेस चार्मिङमा होमा लिम्बु, बेस्ट स्माईलमा रिता विश्वकर्मा, ग्लोईन स्किनमा मनुशिल राई, वेष्ट हेयर भावना लिम्बु, मिसेस फ्रेण्डन्लीमा शोभा पौडेल (श्रेष्ठ), मिसेस पंकचुअलमा सन्तोषी विके, मिसेस अविडेन्टमा दया राई, गेट वे गडेसमा बुनु लिम्बु, मिसेस फोटो जेनिक रमिला बस्नेत, क्विक लर्नरमा निर माया विके, स्पेक्ट्याकुलर आईज्मा रन्जिता बास्कोटा, बेष्ट ड्रेसेस, साईनिङ स्टार र मस्ट प्रोमिसिङमा सिर्जना लिम्बु, मिसेस एक्टिभमा तारा देवी तामाङ, फिटनेस क्विनमा अनिता लिम्बु, फेसन क्विनमा नन्दा कुमारी तामाङ, कन्जेनियलिटीमा पंचु राई, मिसेस भिभाकस्मा सुनिता श्रेष्ठ, मिसेस टेक दिव्यामा सपना बुढाथोकी र मिसेस गुडनेस एम्बास्डोरमा सम्झना घिमिरे घोषित भएका थिए।
प्रतियोगिताको प्रि–जजिङ राउण्डबाट २० प्रतिस्पर्धीहरु छनौट भई सेमिफाईनलमा १० प्रतियोगीहरु प्रवेश गरेका थिएभने अन्तिम ताजका लागी ५ प्रतिस्पर्धीहरु छनौट भएका थिए। एल एण्ड सि मोडल एजेन्सी प्राली.को आयोजनामा भएको सो प्रतियोगितामा २४ जना प्रतिस्पर्धीहरु उपाधीका लागी र्याम्पमा उत्रिएका थिए। फिनाले प्रतियोगिताको प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रहेका थिए। उनले यस्ता प्रतियोगिताहरुले महिलाहरुमा लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्ने भएकाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताएका थिए।
गत असार २२ देखी शुरु भएको अडिसन राउण्ड पश्चात मिसेस धरान आईकन २०२४ का प्रतियोगीहरुलाई व्यक्तित्व विकासका लागी पब्लिक स्पिकिङ, पर्सनालिटी डेभलपमेन्ट, टेबल मेनेजमेण्ट, ट्राफिक सचेतना, महिला अधिकार, महिला शसक्तिकरण लगायतका कुराहरु अनुभवी व्यक्तित्वहरुबाट प्रशिक्षण दिईएको ईभेन्टका डाईरेक्टर निश्चल पलिखेले बताए। प्रतियोगितामा धरानका समाजसेवी, व्यवसायी, चिकित्सक, नर्स, शिक्षिका, एकल तथा गृहिणी विवाहित महिलाहरुको सहभागिता रहेको प्रालीका सिईओ दिपक गिरीले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)