शनिवार धरान कोरा २०२४ हुने (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ प्लाडलर्स धरानको आयोजनामा धरान कोरा २०२४ को आयोजना हुने भएको छ ।
कोरा राईड साईक्लिङ च्यालेन्ज ईभेन्ट अन्तर्गत धरान कोरा २०२४ को आयोजना हुन लागेको हो। विहिबार सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्याडलर्स धरानका संयोजक किसन मास्केले यही श्रावण ५ गते शनिबार धरानमा कोरा राईड हुन लागेको जानकारी दिए। उनले सन् २०११ मा काठमाण्डौबाट सुरुवात गरिएको कोरा राईड साईक्लिङलाई सन् २०१७ देखि धरानमा पनि विभिन्न साईक्लिङ क्लबहरुले आयोजना गर्दै आएकोमा यस पटक प्याडलर्स धरानले आयोजना गर्न लागेको बताए। उनका अनुसार धरान कोरा २०२४ मा १ सय ५० देखी २ सय साईक्लिष्टहरुको सहभागिता हुने भएको छ।


प्याडलर्स धरानको आयोजनामा र रोटरी क्लब अफ धरान घोपाको संयोजनमा हुने धरान कोराले धरानको धार्मिक तथा पर्यटकीय स्थलहरुलाई प्रवद्र्धन गर्ने रोटरी क्लव अफ धरानका घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले बताए। उनले कार्यक्रम सम्पन्न भएपछि बचेको रकमले समाजमा रहेका विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरु अथवा सामुदायिक विद्यालयहरुलाई सहयोग प्रदान गरिने समेत बताए। उनका अनुसार धरान कोरामा सहभागी हुन दर्ता शुल्क २ सय तोकिएको छ। जसमा सहभागीहरुले निःशुल्क टि सर्ट पाउनेछन्भने दिवा भोजको पनि व्यवस्था रहेको छ।
शनिवार विहान ७ः३० बजे धरानको भानुचौकबाट शुरु हुने साईकल र्याली पुतलीलाईन, दुर्गाचौक, बुद्धचौक, क्यामगेट, रत्नचौक, मंगलबारे, शान्तिचौक,, जोरसखुवा, सियोन स्कुल, ईस्कोन मन्दिर, बालिकामोड, जानकी चौक, जिरोप्वाईन्ट, फुस्रे, अमरहाट, पन्चकन्यापथ, बुढासुब्बा मन्दिर, विजयपुर चौक, पिण्डेश्वरी मन्दिर, जल्पा रोड, निराजन बस्ती, काठेपुल, देवीगाउँ, तल्लो देउराली, माथिल्लो पानबारी, स्कुल डाँडाँ, मदन भण्डारी राजमार्ग, धरान १५ साकेला थान, तिनकुने हुँदै हरियाली सामुदायिक वनमा पुगेर समापन हुने आयोजकले जनाएको छ।