मिसेस धरान आईकनको अडिसन सम्पन्नः एकल महिला देखी नर्स, गृहणी पनि सहभागी

दिव्य रोशनी(धरान)/ एल एण्ड सि मोडल एजेन्सी प्राली.को आयोजनामा मिसेस धरान आईकन २०२४ को अडिसन सम्पन्न भएको छ।
शनिवार धरानको भ्यू पोईन्ट रेष्टुरेण्टमा भएको दोस्रो चरणको अडिसनमा धरानका १४ जना विवाहित महिलाहरु सहभागि रहेका थिए। यसअघि गत शनिवार (असार २२ गते) भएको पहिलो अडिसनमा २५ जना महिलाहरु सहभागी रहेका थिए। अडिसनमा सहभागी प्रतियोगिहरुले आफुमा निहित प्रतिभाहरु प्रस्तुत गरेका थिए। दोस्रो अडिसनका मुख्य निर्णायक समाजसेवी शिला बज्रचार्य सहित अन्य निर्णायकहरु रिता खापुङ, झुमा राई, झुना राई, एकता श्रेष्ठ रहेका थिए।


प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन सम्पन्न भएसंगै भोली आईतवार ३० जना प्रतियोगिलाई मात्र फिनालेका लागी छनौट गरिने ईभेन्ट डाईरेक्टर निश्चल पलिखेले बताए। उनले साउनको पहिलो हप्तादेखी व्यक्तित्व विकासका लागी प्रशिक्षणमा गराईने समेत बताए। जसमा प्रतियोगिहरुलाई पब्लिक स्पिकिङ, पर्सनालिटी डेभलपमेन्ट, टेबल मेनेजमेण्ट, ट्राफिक सचेतना, महिला अधिकार, महिला शसक्तिकरण लगायतका कुराहरु अनुभवी व्यक्तित्वहरुबाट प्रशिक्षण गराईनेछ। प्रतियोगिताका सहभागिहरुलाई १५ हजार शुल्क तोकिएको छ। जसमा महिलाहरुका लागी १ थान टिसर्ट र फिनालेका लागी पार्टी गाउन प्रदान गरिने पनि आयोजकले जनाएको छ।
प्रतियोगिताको फिनाले आगामी भदौ ७ गते हुनेछ। जसमा सम्पूर्ण सहभागीहरुले प्रमाणपत्र, कुनै न कुनै सवटाईटल पाउनेछन् भने आकर्षक गिफ्ट ह्याम्परहरु पनि पाउनेछन्। विजेताले क्राउन सहित ३० हजार नगद, ५ लाखको बिमा, वान डे वान नाईटका लागी होलिडे नाईटको अवसर पाउनेछन् भने कुनै एक म्यागजिनमा पोष्टर सहितको अन्तरवार्ता सहित कुनै एक कम्पनिको सद्भावना राजदुत साथै राष्ट्रिय स्तरको मिसेस नेपालको प्रतियोगितामा सिधै सहभागिता जनाउने पाउनेछन्।


यसैगरी प्रतियोगिताका फस्ट रनरअपले नगद २० हजार सहित २ लाखको बिमालेख र सेकेण्ड रनरअपले १० हजार नगदका साथमा २ लाखको विमालेख सहित आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन्। यसैगरी मिसेस पब्लिक च्वाईसले विशेष क्राउन पाउने प्रालीका सिईओ दिपक गिरीले बताए।