शैक्षिक गुणस्तर बृद्धिका लागी मिडियाकर्मीहरु संग पब्लिक हाईस्कुलको अन्तरक्रिया

दिव्य रोशनी(धरान)/ शैक्षिक गुणस्तर बृद्धिका लागी धरानको पब्लिक हाईस्कुलले मिडियाकर्मीहरु संग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ।
सोमवार विद्यालयको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झाले बिद्यालयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान संगै प्राक्टिलमा पनि बढि जोड दिईएको बताए। उनले बिद्यार्थीहरुलाई सिकाईमा प्रभावकारी ल्याउन स्मार्ट बोर्डको समेत प्रयोगमा ल्याईएको बताए। विद्यालयको हालको अबस्थाको बारेमा भिजुअल स्लाईड मार्फत जानकारी गराउँदै प्रअ झाले सरकारी विद्यालय मध्ये पब्लिकमा पहिलो पटक होटल म्यानेज्मेन्ट र ब्युटिसियनको पढाईहुँदै आएको समेत जानकारी दिए। उनले प्राईभेट प्लस टु मा १ लाख सम्म लाग्ने होटलमेनेजमेन्ट पब्लिकमा बार्षिक २३ हजारमा पढाईहुने समेत बताए। उनका अनुसार बिद्यालयमा १ सय ८४ जना शिक्षक/ कर्मचारी रहेका छन्भने बिद्यार्थीको संख्या ३४ सय ४९ जना रहेको गतवर्षको डाटा छ।


यसैगरी विद्यालयका पुर्व प्रधानाध्यापक लेखनाथ भट्टराईले अंग्रेजी र नेपाली माध्यमबाट पढाई हुने पब्लिकमा गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण अहिले हरेक विद्यार्थीको रोजाईमा पर्न सकेको दावी गरे। उनले सरकारी विद्यालय भएपनि अभिभावकहरुको साथ र सहयोगले नै गर्दा विद्यालयले शैक्षिकक्षेत्रमा फड्को मार्दै गएको बताए।
कार्यक्रममा प्रदेश रास्ट्रिय योजना आयोगका सदस्य भवानी बरालले सामुदायिक विद्यलयका विद्यार्थीहरु अरब, मलेसियामा जाने र बोर्डिङ स्कुलका विद्यार्थीहरु अष्टे«लिया, क्यानडा जाने भन्ने रहिआएको अवस्थामा अब त्यसलाई पब्लिक हाईस्कुलले चिर्दै लगेको बताए।त्यस्तै बिद्यालय अभिभावक संघका अध्यक्ष राजेन्द्र किराँतीले देशैभर सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कम भएपनि पब्लिक हाईस्कुलमा शैक्षिक गुणस्तरको कारण विद्यार्थीहरुको संख्यामा कमी नआएको बताएका थिए।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई बिद्यालयका साईन्स तथा ईलेक्ट्रिकल संकायतर्फका ईन्चार्ज मोहन श्रेष्ठले संचालन गरेका थिए।