अर्थमन्त्री पुनद्वारा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

दिव्य रोशनी/नेपाल सरकारका अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आ.व.) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठुलो बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट आएको थियो ।

चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत विनियोजन भएको छ। वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।

यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्ने भएको जनाएको छ । अघिल्लो वर्षभने ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण गरेको थियो ।

यसैगरी राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको सरकारले आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य समेत लिएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने सरकारको लक्ष्य रहेको बताईएको छ ।
धरानको खानेपानीलाई छुट्टीएन बजेट
संघीय सरकारको बजेट नीति तथा कार्यक्रममा धरानको खानेपानी लगायत पूर्वाधारको क्षेत्रप्रति बेवास्ता गरेको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार पेश गरिएको बजेट नीति तथा कार्यक्रममा धरानको खानेपानी लगायत पूर्वाधारको क्षेत्र समेटिएको देखिएन।

आगामी २०८१/०८२ को बजेटमा कोशी प्रदेशमा अरुण कोरिडोर, तमोर कोरिडोर र मुन्दुम ट्रेलको आयोजना समेटिएको छभने विराटनगरको गिरिजा प्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना समेत घोषणा गरिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले बारम्बार संघीय सरकारलाई चेतावनी दिदैं आएतापनि बजेटमा खानेपानीको सुनुवाइ नहुनुले धरानलाई संघीय सरकारले हेर्ने दृष्टिकोणमा बेवास्ता गरेको देखिन्छ। ।
योसँगै संघीय सरकारका विभिन्न मन्त्रीहरू समक्ष प्रत्यक्ष भेटी धरानको समस्या राखेका मेयर राईको खानेपानीको मुद्दा ओझेलमा परेको छभने संघीय सरकार मार्फत् कोशीबाट लिफ्टीङ गरेर पानी ल्याउने मेयर साम्पाङको योजना तत्काललाई कुनै सम्बोधन नहुँदा तुहिन पुगेको छ।
यसअघि धरानबाट तमोर (मुलघाट) सुरुङ मार्ग निर्माण गर्ने बजेट नीति तथा कार्यक्रम सम्बोधन भएतापनि यसपटकभने धरानलाई कुनै सम्बोधन गरिएको देखिएन

बजेटमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत कर्णाली, कोशी, राप्ती, भेरी, पाटन, नारायणी, भरतपुर र गजेन्द्रनारायण सिंह अस्पताललाई ५ सय शैय्यामा स्तरोन्नति गर्ने समेत उल्लेख गरिएको छ । हाल वीपी प्रतिष्ठानमा ८ सय ५० शैय्याको अस्पताल चालु अवस्थामा रहेको छ ।