किसानटोलमा बृहत सरसफाईः धरानमा नै पहिलो पटक बन्यो टिएलओको भवन

दिव्य रोशनी (धरान)/ धरानका मेयर हर्क साम्पाङको “सफा धरान” बनाउने अभियान अहिले टोलटोलमा पुगेको छ।
धरानलाई सफा बनाउने अभियान अन्तर्गत अहिले धरानका हरेक टोलवासीहरुले आफ्ना घर अगाडी रहेका ड्रेन, सडकहरु सफा गर्न थालेका छन्। यसै अनुरुप शनिवार धरान ११ स्थित किसान टोल विकास संस्थाले पनि आफ्नो घर, आगन मात्र नभई सडक र ड्रेनहरु सफा गरेका छन्। किसान टोल विकास संस्थाकी अध्यक्ष पूर्ण कला लिम्बुले टोललाई सफा राख्ने अभियान अन्तर्गत समय समयमा सफाई कार्यक्रमको आयोजना गर्दै आएको बताईन्। उनीले किसान टोललाई सफा राख्ने अभियानमा टोलवासीहरुको सहयोग र एकता बढेको बताईन्। उनका अनुसार शनिवार आयोजना गरिएको सरसफाईमा नगरपालिकाका ४ जना कुचिकार पनि सहभागी रहेका थिए। अध्यक्ष लिम्बुले सरसफाई कार्यक्रमका लागी उपमहानगरसंग कुचिकार माग गरेपछि ४ जना सहभागी भएका थिए।


सरसफाई कार्यक्रममा टिएलओका सदस्य पवित्रा खनालले सबैले मिलेर सफाई गरे टोल मात्र नभई धरान नै सफा हुने धारणा व्यक्त गरिन्। उनीले नयाँ पुस्तालाई पनि यस सफाई अभियानले मार्ग निर्देश गर्ने समेत बताईन्। त्यस्तै टिएलओका अर्का सदस्य नन्दा सुब्बा, आशा श्रेष्ठ लगायतले टोलबासी एक भएर लागी परे जस्तो अपठ्यार परिस्थितीहरुलाई पनि सहजै पार गर्न मद्धत मिल्ने बताएका थिए।
नमुना बन्यो टिएलओ भवनः


यसैगरी किसान पथ टोल विकास संस्थाले धरानमा नै पहिलो पटक टिएलओको आफ्नै भवन निर्माण गरेको छ। टोल विकास संस्थाको काम कार्यलाई सहजरुपमा संचालन गर्नका लागी भवन निमार्ण गरेको यो धरानमा नै पहिलो भएको अध्यक्ष लिम्बुको भनाई छ। प्रदेश सरकारबाट विनियोजन बजेट १५ लाख उपभोक्ताबाट ३ लाख गरी १८ लाखमा निमार्ण सम्पन्न भएपनि प्रदेश सरकारबाट ९ लाख १६ हजार मात्र बटेट निकासा भएपछि ४ लाख १८ हजार २ सय ६८ रुपैया ऋण लागेको अध्यक्ष लिम्बुले बताए। उनीले टिएलओको भवन निर्माण भएपछि स्वास्थ्य, लागुऔषध दुव्यर्सन, सार्वजनिक सुनुवाई लगायतका जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको बताईन्।

One thought on “किसानटोलमा बृहत सरसफाईः धरानमा नै पहिलो पटक बन्यो टिएलओको भवन

टिप्पणीहरू are closed.