धरान खेलकुद मंचको अध्यक्षमा किशोर राई

दिव्य रोशनी(धरान)÷ धरान खेलकुद मञ्चको अध्यक्षमा किशोर राई सर्वसम्मत चुनिएका छन्।
मंचको शनिवार भएको दोस्रो अधिवेशनले राईलाई सर्वसम्म्त अध्यक्षमा चुनेको हो। मंचको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा बडीबिल्डिङ विधाबाट प्रेम प्रकाश लिम्बु रहेका छन्भने अन्य उपाध्यक्षहरुमा कुवेरमान गुरुङ (सितारियो कराते), रोशनी राई(जुडो), डम्बर लिम्बु (भलिबल), हिमाल लिम्बु (आर्चरी) रहेका छन्।
यसैगरी समितीको महासचिवमा विक्रम लिम्बु (बडीबिल्डीङ) चयन भएकाछन्भने
सहमहासचिवमा विकि राई(उसु) रहेका छन्। त्यस्तै कोषाध्यक्षमा सुमना लिम्बु (सितोरियो कराते) चयन भएकीछिन्। त्यसैगरी सदस्यहरुमा सन्तोष लोहोरुङ राई, प्रताप तामाङ मोहन पाण्डे, मोहन मगराती, देबेन्द्र खड्का, लोकमान लिम्बु,सुरज कार्की,धर्म तामाङ, बसन्त राई, गिता थापामगर, नविन राई र सुरज घिमिरे सहित कुरास र प्याराग्लाईडिङबाट समेत सदस्य राखिने गरी २५ सदस्यीय कार्यसमिती गठन भएको अध्यक्ष राईले जानकारी दिए।
नव निर्वाचित अध्यक्ष राईले खेलकुद क्षेत्रको आन्तरिक प्रवद्र्धन,विकास,समृद्धी र संरक्षणका लागि मञ्चले प्राथमिकता दिंदै अग्रणी भुमिका खेल्ने बताए। उनले खेलकुद विकासलाई अवरुद्ध गर्ने राज्यका जुनसुकै निकायहरुलाई चुनौती दिने बताए।(दिव्य रोशनी साप्ताहिकबाट)