यलेदोङ बास्केटवल प्रतियोगिता शुरुः फाइनलमा धरान मेघा अलस्टार र विर्तामोड झापा भिड्ने (भिडियो सहित)
दिव्य रोशनी/ किराति समुदायहरुको नया वर्ष माघे संक्रान्ति ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम प्रवेश गरेको छ ।
धरान बास्केटवल संघद्वारा आयोजित आज शुक्रबार देखि सुरु भएको दुईदिने प्रतियोगितामा मेघा अल स्टारले होलिल्याण्ड वि, धरान आर्दश, मेघा ए र होलिल्याण्ड ए टिमलाई पराजित गर्दै उपाधिका लागि फाइलनमा आप्mनो स्थान सुरक्षित बनाएका थिए । यसैगरी विर्तामोड झापाले होलिल्याण्ड सि, डिपो स्कुल र युवा जागृति क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशका सांसद रमेशकुमार बस्नेतले किराति संस्कार अनुसार चिन्डो चिण्डोबाट बास्केटवलमा रक्सि छर्किएका थिएभने कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले ढोल र धरान १८ वडाध्यक्ष प्रविण राईले भ्mयाम्टा बजाएर गरेका थिए । किराति संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ । किराति समुदायले सुख र दुःख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछ । प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै आयोजना गरिएको हो ।
प्रतियोगिताका बिजेता टिमले नगद सात हजार र उपबिजेता टिमले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय र ट्रफि प्राप्त गर्नेछ । प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिमसंँगै, धरान बाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लब, धरान आर्दश, डिपो, कार्मेल, चिल्ड«ेन स्कुल र मिराकल टिम गरि १८ टिमले सहभागिता जनाएको बास्टेबल प्रशिक्षक विकास चाम्लिङ राइले बताए ।
सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको सभाध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान १० वडाध्यक्ष विवेक राई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल समेततको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा भइरहेको छ । मेघा अलस्टार र विर्तामोड विचको फाइनल खेल शनिवार बिहान ९ बजे हुनेछ ।
Pingback: horren draai kiepraam
Pingback: pc build online hyderabad
Pingback: ใบอนุญาตให้บริการ UFA191