धरानमा चौथो मिस्टर कोशि २०७९ हुने(भिडियो सहित)
दिव्य रोशनी(धरान) / एलाइनेट जिमको आयोजनामा चैत्र ३ र ४ गते चौथो मिस्टर कोशि खुल्ला शारिरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
मंगलबार धरान १८ वुद्धचोक स्थित एमसि क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको आयोजना गरि गराएको हो। प्रतियोगितामा कोशि अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडिहरुले सहभागिता जनाउने आयोजकले मंगलवार प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार, दोस्रोले नगद ५० हजार, तेस्रोले ४०, हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैठौले १० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरि व्यक्तिगत विद्या तर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट वडि र मस्कुलर मेनको उपाधि विजेताले जनहि नगद ५ हजार, ट्रपि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुने र ४ गते प्रि–जजिङ्ग बाट छनौट भएकाहरुले प्रतिश्पर्धा गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी गराए। प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि, ७५ केजि र ८० केजि तौल समुह रहेको छ । प्रि–जजिङ्ग मार्फत प्रत्येक तौल समुह वाट ६ जना खेलाडि फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिश्पर्धा गर्नेछ।
चौथो मिस्टर कोशि एलाइनेट जिमको २० औ प्रस्तुति हो। यस अघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मि. पूर्वाञ्चल, ३ वटा मि. कोशि, ४ वटा मि. धरान र १ वेन्चप्रेस च्याम्पियशिप आयोजना गरिसकेको छ। एलाइनेट जिमको आयोजनामा २०६५, २०६६ र २०६७ सालमा मि. कोशिको आयोजना भइसकेको छ। ०६५ र ०६६ मा उर्लावारिको विकास धिमाल र ०६७ मा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए । प्रतियोगिता धरान ८ स्थित धरान सभागृहमा हुने आयोजकले जनाएको छ।
Pingback: เหยี่ยวไล่นก
Pingback: Elephant Sanctuary Chiang Mai
Pingback: endolift