शनिवार धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट हुने
दिव्य रोशनी(धरान)/ असोज २९ गते शनिवार धरानको पब्लिक हाईस्कुलको मैदानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ आयोजना हुने भएको छ ।
चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसँगै धरानका चर्चित गायक डिल्ली फोम्बो, चर्चित गायिका सुनिता थेगिम , धरानको तपस्वी ब्याण्डसंगै भोइस अफ नेपाल चौथो सिजनकी चर्चित प्रतियोगी सबिना योङहाङ लिम्बुको समेत प्रस्तुति रहने भएको छ।
सांगितीक कार्यक्रममा कम्मरमाथि गायिका मेलिना राईका “कम्मर माथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना , के गुलियो छ र सक्खर चिनी , तिमीले बाटो फेर्यौ हरे , नाच फिरिरी , जेल पनि सहुँला, कसरी–कसरी जस्ता सयौं गीतहरु चर्चीत छन्भने धराने गायक डिल्ली फोम्बोको गीत तिम्रो लागि, माईली, तिम्रो सुन्दरता , माया कस्तो हो यो माया ,म माया लाउँदिन , आउँछु म भनेर निक्कै नै लोकप्रिय रहेका छन्। उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ दिनेछन्।
त्यस्तै “बिनायो कंगकंग बोलको चर्चित लोकगीत संगै बाबरी चलचित्रको हिट गीत “चुलबुल चुलबुल तिम्रो बानी”की चर्चित गायिका सुनिता थेगिमले धरानको कन्सर्टमा पहिलो पल्ट आफ्नो प्रस्तुति दिने भएकि छिन्। त्यस्तै भोइस अफ नेपाल ४ कि चर्चित प्रतियोगी सबिना योङहाङ लिम्बुले समेत कन्सर्टमा चर्चित कलाकारहरु संग स्टेज शेयर गर्ने भएकि छिन्।
नेपालीहरुको चाँड तिहारको अघिल्लो साता हुन लागेको बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ को लागि टिकट दर दुई सय तोकिएको छ। एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियर रहेको छ भने रुस्लान भोड्का ,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन , होटल नवयुग , केन्द्र मोशन पिक्चर्स , महेन्द्र एक्वा, सुन्दर साउण्ड सर्भिसको सहयोग रहेको छ।
Pingback: รถพยาบาล
Pingback: vegus666
Pingback: Super Surface
Pingback: Alexander Debelov
Pingback: รับจด อย
Pingback: เน็ต ais