फोटो पत्रकार महासंघ सुनसरीमा पुनःविकास
दिव्य रोशनी/ नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा पुनः विकास चाम्लिङ राई चुनिएका छन्।
आज बुधवार धरान ४ काम्फेकमा आयोजित महासंघको दोस्रो जिल्ला अधिवेशनले चाम्लिङको अध्यक्षतामा १७ सदस्यिय कार्य समिती चुनेको हो। समितीका उपाध्यक्षमा नविन गड्तौला, सचिवमा शिशिर राई, सहसचिवद्धयमा असिम अन्सारी, सनम तामाङ, कोषाध्यक्षमा सञ्जु राई र सहकोषाध्यक्षमा सागर सिंजाली रहेका छन्।
यसैगरी समितीको सदस्यहरुमा सोहन श्रेष्ठ, नरेन कुलुङ, संजय याक्खा, विक्रान्त श्रेष्ठ, सुक्रान्त राई, कृष्ण कुमार श्रेष्ठ, मौसमी कार्की, स्नेहा श्रेष्ठ, प्रतिक राई र लाक्सङ सुब्बा रहेका छन्।
महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई, पत्रकार महासंघ सुनसरीका अध्यष जनकऋषी राई, क्रियाशिल पत्रकार महिला सुनसरीका अध्यक्ष मनिता चाम्लिङ, अग्रज पत्रकारद्धय मोजेस राई, किशोर थुलुङ लगायतको उपस्थिती रहेको थियो।
Pingback: pinco yukle
Pingback: Digital Download Clip Art PNG
Pingback: pg168
Pingback: พลาสติกปูพื้นก่อนเทคอนกรีต
Pingback: Lotto Lucky